काठमाण्डौ – काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा बुधबार रातिदेखि सकिने भए पनि अब के गर्ने भन्ने बारे निर्णय भने भइसकेको छैन ।
कसरी अगाडी बढ्ने भन्ने विषयमा दिउँसो तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीच छलफल गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो।
बुधबार दिउँसोको बैठकले निर्णय गर्ने उहाँको भनाई छ ।
उपत्यकामा गएको भदौ ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिंदै छ । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर १७ गते राति १० बजेसम्म पुर्याइएको हो ।