dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १७, २०७७
in खेलकुद
Share on FacebookShare on Twitter

काठमाण्डौ – क्यारेबियन प्रिमियर लिग ९सीपीएल०मा सन्दीप लामिछानेको टिम जमैका तलावाजले चौथो हार व्यहोरेको छ । हिजो भएको खेलमा जमैका शिर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भयो । ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ट्रिनबागो नाइट राइडर्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो । उसका लागि कोलिन मुर्नोले ६५ रन बनाए भने कायरन पोलार्डले ३३ तथा सुनिल नरायनले २९ रन बनाए ।

यस्तै लेण्डी सिमोन्सले २५ रन जोड्दा टिम सेइफेर्टले १८ रनको योगदान गरे । ३२ रनमा पहिलो विकेट गुमाएको नाइट राइडर्सले ७८ रनमा दोस्रो विकेट खेर फालेको थियो । तर अन्तिममा पोलार्डले विस्फोटक ब्याटिङ गर्दा ठूलो लक्ष्य दिएको थियो ।

बलिङमा सन्दीप लामिछानेले चार ओभरमा २० रन दिएर एक विकेट लिएका थिए । यस्तै कार्लोस ब्रेथवेटले दुई विकेट हात पारे । जवाफमा जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनाउन सक्यो ।

बलिङ राम्रो भएपछि ब्याटिङमा आज पनि जमैकाले राम्रो गर्न सकेन खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको जमैकाले १४ रनमा दोस्रो विकेट खेर फालेको थियो । यस्तै ७८ रनमा तेस्रो विकेट गुमाएको जमैकाले ८४ रनमा चौथो, ९० रनमा पाँचौ र ९७ रनमा छैटौं विकेट गुमाउन पुग्यो ।

उसका लागि ग्लेन फिलिप्सले ४१ रन बनाएका बोनरले २६ तथा जेरमेइन ब्ल्याकउडले १२ रनको योगदान गरे । उसका चान्डविक वाल्टोनले खाता खोल्न सकेनन् भने रोभमन पावेलले दुई रन बनाए भने आसिफ अली सात रनमा नै बाहिरीए । अन्तिममा कार्लोस ब्रेथवेट र आन्द्रे रसेलले अर्धशतकीय साझेदारी गरे पनि टिमलाई हारबाट बचाउन सकेनन् । रसेलले २३ बलमा ५० रन बनाए भने ब्रेथवेटले २१ रनको योगदान गरे ।

जारी प्रतियोगितामा नाइट राइडर्सले सात खेलमा सातमा जित निकाल्दै १४ अंक बनाएको छ । जमैकाको भने सात खेलमा चौथो हार हो । उसको ६ अंक छ ।
स्रोत ः उज्यालो अनलाईन

Previous Post

आजदेखि सोह्र श्राद्ध शुरु

Next Post

उपत्यकामा निषेधाज्ञा लम्बिन सक्ने सम्भावना

Related Posts

खेलकुद

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७
खेलकुद

राष्ट्रिय महिला लिग फुटबल माघ ७ देखि हुँदै

माघ २, २०७७
खेलकुद

आईपीएल क्रिकेटमा बैंगलोरको विजयी सुरु

अशोज ६, २०७७
खेलकुद

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले किग्ङ्स इलेभेन पञ्जाबलाई हरायो

अशोज ५, २०७७
खेलकुद

एभर्टनद्धारा वेष्ट ब्रोम ५–२ ले पराजित

अशोज ३, २०७७
खेलकुद

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकाल्दै

भदौ २९, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

माघ ६, २०७७

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!