dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

असोज १ गतेबाट आन्तरिक उडान र होटल रेष्टुरेन्टहरु पनि खुल्ने, ५० प्रतिशत बढि भाडादरमा लामो दुरीको यातायात पनि सञ्चालन हुने

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ ३०, २०७७
in FEATURE, समाचार, समाज
Share on FacebookShare on Twitter

काठमाण्डौ – सरकारले आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने छ भने मास्क, भाइजर र सेनिटाइजर अनिवार्य गरिएको छ ।

यसैगरी अहिलेसम्म ‘टेक अवे’ सेवा मात्र लिन पाउने व्यवस्था गरेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न दिएकामा १ गतेदेखि भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

विमानमा यात्रुको सङ्ख्या सिट क्षमताको ५० प्रतिशत मात्रै राख्न पाइने छ । यस्तै विदेशीका लागि हिमाल आरोहण पनि सरकारले खुलाएको छ ।

आउँदो कात्तिक १ गतेदेखि हिमाल आरोहण खोलेको तर त्यसका लागि बढीमा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ भने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्नु पर्नेछ ।
यस्तै लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ।

Previous Post

२४ घण्टामा १४५९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि

Next Post

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त

Related Posts

समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१
समाचार

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१
समाचार

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१
FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!