dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अनलाइन डेलिभरी नराेक्न सरकारलाई विवेकशीलको आग्रह

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-29
in समाज
Share on FacebookShare on Twitter

काठमाडौँ – विवेकशील नेपाली दलले निषेधाज्ञाका बेला होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न सरकारलाई आग्रह गरेको छ।

सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन गरिरहेका र महामारीका बखत धेर-थोर रोजगारी सिर्जना गरिरहेका ईकमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुन नहुने विवेकशील नेपाली दलले बताएको छ।

काठमाडौँका विभिन्न स्थानहरूबाट ईकमर्स तथा अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरूलाई बिना पक्राउ पुर्जी पक्राउ गर्ने र सवारी साधन नियन्त्रण लिने कार्य गृह मन्त्रालय अन्तर्गतका निकायहरूको मौखिक आदेशमा नेपाल प्रहरीबाट भएको भन्ने खबर प्रति दलले ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति आपत्ति प्रकट गरेको छ।

कोभिड–१९ को महामारीले नेपालको हरेक क्षेत्र आक्रान्त भइरहेको अवस्थामा ईकमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूले निषेधाज्ञाको बेलामा डेलिभरी सेवा सुचारु गर्दै गरेकोमा उनीहरु धन्यवादका पात्र रहेको विवेकशीलले बताएको छ।

‘उहाँहरुको सेवाले घरबाट निस्कन नमिल्ने अवस्थामा पनि खाद्य तथा अन्य आवश्यक उपभोग्य सामानहरू डेलिभरी हुँदा आम नागरिकहरुलाई सहज बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमण कम गर्न, क्वारेन्टिनमा बसेका तथा आवश्यक सेवा प्रदान गरिरहेका तथा कामदारको अभाव लगायत विविध कारणले प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका अन्य सेवा प्रदान गर्नेहरूलाई यस्ता सेवा प्रदायकहरू कति सहयोगी बन्न सक्छन्, त्यो आयामबाट छलफल गर्दै एउटा प्रभावकारी माध्यमको पहिचान गरी सुरुवात गर्नु अबको मार्ग हुन सक्दछ। ’

‘विवेकशील नेपाली दल त्यो माध्यम पहिचान गर्दै ईकमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

Previous Post

पुनर्नियुक्तिको विषयमा गलत प्रचार भयो, लाेडसेडिङ अन्त्य १ जनाकाे प्रयासबाट मात्रै सम्भव थिएन : कुलमान घिसिङ

Next Post

बिनाबिलकाे सामानसहित २ जना पक्राउ

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.