काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरु दलको नेतृत्व स्वीकारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।
ट्रेड युनियन कांग्रेसले शनिबार आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभामा पौडेलले प्रधानमन्त्री ओलीले उत्पात गरेकाले कांग्रेसले विकल्प दिनुपर्ने बताएउनुभयो।
अहिले कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ भएर बस्ने बेला नभएको भन्दै पार्टीले सबैलाई समायोजन गर्ने र देशलाई ठीक दिशा दिने हैसियत राख्नुपर्ने विचार व्यत्त गर्नुभयो । उहाँले कांग्रेसकै कतिपय नेता चुनावको पक्षमा बोल्ने गरेको भन्दै असन्तुष्टि समेत जनाउनुभयो।
कांग्रेसले अहिले चुनाव नभई संसदलाई कसरी उपयोग गर्ने भनेर काम गर्नुपर्ने र संविधान बचाउन लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने वरिष्ठ नेता पौडेलले उल्लेख गर्नुभयो।












Discussion about this post