सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा न. १ नेले मा नेकपा (एमाले) कमिटीको अगुवा कार्यकर्ता भेला कमिटी गठन गरिएको छ । भरत कटुवालको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिका ईन्चार्ज वीर उदाश श्रेष्ठले जानकारी दुनुभयो । कमिटीको उपाध्यक्षमा टेक बहादुर लामिछने र शोभा प्रधान, सचिव लेखराज खड्का, उपसचिवमा लामा तामाङ रहनुभएको छ । वडा न. १ कमिटि अगुवा कार्यकर्ता भेलाका अध्यक्ष गोरे मगरको अध्यक्षता तथा प्रदेश ख संासद उत्तम कुमार बस्नेतको प्रमुख आतिथ्यमा कमिटी गठन गरिएको हो । निर्वाचित कमिटीलाई जिल्ला कमिटी सचिवालय सदस्य एवं थुलुङ दुधकोशी गाउँ पालिका कमिटी ईन्चार्ज वीर उदाश श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । भेलामा पार्टी जिल्ला कमिटी सचिव शिशिर खालिङ राई तथा पार्टी नेताहरु उदय बस्नेत, गोपाल बिक, श्याम कुमार राई, आङ बाबु राई, दावा तामाङ, चतुरमान तामाङ, रामचन्द्र कार्की, जितेन्द्र बस्नेत, ईन्द्र कुमार राई, अर्जुन राई लगायत नेताहरुको उपस्थिति रहेको थियो ।












Discussion about this post