dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्छ: अर्थमन्त्री शर्मा

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-07-29 - Updated on 2022-04-19
in समाज
Share on FacebookShare on Twitter

पूर्वअर्थमन्त्री एवं पूर्व सभामुख कृष्ण बहादुर महराले कोभिड महामारीलाई कुशलतापूर्वक नियन्त्रण गरेर अर्थतन्त्रलाई चलायमान बनाउने खालको बजेट बनाउनुपर्ने सुझाव दिएका छन ।

बुधवार पूर्व अर्थमन्त्रीहरुसँगको छलफल कार्यक्रममा महराले बजेट कार्यान्वय प्रक्रियामा सुधार ल्याउनुपर्ने बताउँदै अध्यादेश बजेटलाई प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउनुपर्ने राय राखेका थिए ।

बजेट कार्यान्वयनमा ढिलाई हुने काम नरोकिएको साथै जेठ असार तिर काम गर्ने प्रवृत्तिमा सुधार नभएको भन्दै ठूला आयोजना मात्र संघीय सरकारले संचालन गर्ने तर अन्य ससाना आयोजनाहरु प्रदेश र स्थानीय तहहरुलाई नै गर्न दिएमा मात्र संघीयताको राम्रोसँग कार्यान्वयन हुनसक्ने बताए ।

यस्तै पूर्वअर्थमन्त्री डा. रामशरण महतले अध्यादेशबाट बजेट ल्याउनु गलत भएको भन्दै अध्यादेशमा भएका सकारात्मक कुरा समावेश गर्ने र नमिलेका कुराहरुलाई सच्याएर नयाँ बजेट ल्याउनुपर्ने सुझाव दिएका छन । उनले कार्यान्वयन गर्नसक्ने बजेट ल्याउनुपर्ने सुझाउँदै कृत्रिम बजेट प्रस्तुत गर्ननहुने उल्लेख गरे ।

बैदेशिक ऋण बढाउन नहुने बताउदै स्वास्थ्य क्षेत्रको पूर्वाधारमा जोड दिनका साथै रोजगारी सृजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए । यस्तै जनशक्तिको दक्षता बृद्धि गर्नेतर्फ खर्च आयोजना छनोट गर्दा नयाँ आयोजनामा भन्दा पूराना आयोजना सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन ।

अर्थमन्त्री जनार्दन शर्माले विज्ञहरुको सुझाव लिएर अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने प्रयत्न आफूले गर्ने बताएका छन ।

उनले उत्पादन र रोजगारीमा केन्द्रित भएर त्यसलाई सहयोग पुग्ने खालका पूर्वाधार विकास गर्ने कुरामा सरकारको ध्यान रहेको उल्लेख गर्दै मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् ।

Tags: अर्थमन्त्री%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0मन्त्रीपरिषद%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%aa
Previous Post

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

Next Post

इन्टरनेट प्रयोगकर्ता बढेसँगै राउटरको आयातमा वृद्धि

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.