dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

कोरोना जोखिम बढेकाले सचेत बन्न प्रधानमन्त्रि ओलिको आग्रह

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र २६, २०७७
in समाचार
Share on FacebookShare on Twitter

काठकाडौँ । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गर्नुभयो ।

उहाँले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपाय अपनाउनुपर्ने बताउनुभयो।
भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताउनुभयो ।

कोभिड (१९) विरूद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबभन्दा सुरक्षित विधि रहेको बताउनुभयो । आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताउनुभयो । यस्तै अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड (१९) को प्रभाव कम परेको पनि प्रधानमन्त्री ओलीको दावि छ ।

यस्तै कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भए पनि उठ्नै नसक्ने गरी भने असर नपरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले लामो समय बिग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि उल्लेख गर्नुभयो। तर सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले गति लिएको बताउनुभयो ।

साभार सेतोपाटि

Tags: नेपाल चेम्बर अफ कमर्सप्रधानमन्त्री ओली
Previous Post

रिलायबल नेपाल लाइफद्धारा बीमा दावि भुक्तानी

Next Post

शुभकामना आदानप्रदान गरि नयाँ वर्ष मनाइदै

Related Posts

समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९
समाचार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९
समाचार

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९
समाचार

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९
समाचार

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९
समाचार

सोलुखुम्बुमा एमाले खुम्चियो, कांग्रेसले मार्यो बाजी

जेष्ठ ६, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!