dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्छ: अर्थमन्त्री शर्मा

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
साउन १४, २०७८
in समाचार
Share on FacebookShare on Twitter

पूर्वअर्थमन्त्री एवं पूर्व सभामुख कृष्ण बहादुर महराले कोभिड महामारीलाई कुशलतापूर्वक नियन्त्रण गरेर अर्थतन्त्रलाई चलायमान बनाउने खालको बजेट बनाउनुपर्ने सुझाव दिएका छन ।

बुधवार पूर्व अर्थमन्त्रीहरुसँगको छलफल कार्यक्रममा महराले बजेट कार्यान्वय प्रक्रियामा सुधार ल्याउनुपर्ने बताउँदै अध्यादेश बजेटलाई प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउनुपर्ने राय राखेका थिए ।

बजेट कार्यान्वयनमा ढिलाई हुने काम नरोकिएको साथै जेठ असार तिर काम गर्ने प्रवृत्तिमा सुधार नभएको भन्दै ठूला आयोजना मात्र संघीय सरकारले संचालन गर्ने तर अन्य ससाना आयोजनाहरु प्रदेश र स्थानीय तहहरुलाई नै गर्न दिएमा मात्र संघीयताको राम्रोसँग कार्यान्वयन हुनसक्ने बताए ।

यस्तै पूर्वअर्थमन्त्री डा. रामशरण महतले अध्यादेशबाट बजेट ल्याउनु गलत भएको भन्दै अध्यादेशमा भएका सकारात्मक कुरा समावेश गर्ने र नमिलेका कुराहरुलाई सच्याएर नयाँ बजेट ल्याउनुपर्ने सुझाव दिएका छन । उनले कार्यान्वयन गर्नसक्ने बजेट ल्याउनुपर्ने सुझाउँदै कृत्रिम बजेट प्रस्तुत गर्ननहुने उल्लेख गरे ।

बैदेशिक ऋण बढाउन नहुने बताउदै स्वास्थ्य क्षेत्रको पूर्वाधारमा जोड दिनका साथै रोजगारी सृजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए । यस्तै जनशक्तिको दक्षता बृद्धि गर्नेतर्फ खर्च आयोजना छनोट गर्दा नयाँ आयोजनामा भन्दा पूराना आयोजना सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन ।

अर्थमन्त्री जनार्दन शर्माले विज्ञहरुको सुझाव लिएर अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने प्रयत्न आफूले गर्ने बताएका छन ।

उनले उत्पादन र रोजगारीमा केन्द्रित भएर त्यसलाई सहयोग पुग्ने खालका पूर्वाधार विकास गर्ने कुरामा सरकारको ध्यान रहेको उल्लेख गर्दै मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् ।

Tags: अर्थमन्त्रीमन्त्रीपरिषद
Previous Post

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

Next Post

इन्टरनेट प्रयोगकर्ता बढेसँगै राउटरको आयातमा वृद्धि

Related Posts

समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९
समाचार

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९
समाचार

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

असार ११, २०७९
समाचार

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

असार ११, २०७९
समाचार

११ महिनामा सवारी कार्वाहीबाट २७ लाख भन्दा बढि राजश्व संकलन

असार १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

असार ११, २०७९

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

असार ११, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!