dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

इन्टरनेट प्रयोगकर्ता बढेसँगै राउटरको आयातमा वृद्धि

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
साउन १४, २०७८
in समाचार
Share on FacebookShare on Twitter

विगतको वर्षहरूमा सीमितमात्रामा भित्रिएको राउटर पछिल्लो समय अत्यधिक आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रयोगकर्ता र खपत बढेसँगै इन्टरनेटसम्बन्धि सामग्रीको आयात बढेको इन्टरनेट सेवा प्रदायक एशोसिएसन नेपालका अध्यक्ष सुधीर पराजुलीको भनाइ छ । विगतका दिनमा विभिन्न कार्यालयले मात्रै इन्टरनेट खपत गर्ने प्रचलन भएतापनि पछिल्लो समय घरघरमा इन्टरनेटको प्रयोगकर्ता बढेकाले अत्याधिक आयात भएको बताए ।

विभागको तथांक अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ८३९.२७ प्रतिशतले राउटरको आयात बढेको छ । गत वर्ष दुई अर्ब १५ करोड ८२ लाख रुपैयाँ बराबरको आठ लाख पाँच हजार दुई सय ८० वटा राउटर आयात भएको छ । उक्त आयातित राउटरबाट ४० करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

सोही अवधिमा आर्थिक वर्ष २०७६÷७७ मा २२ कारोड ९७ लाख रुपैयाँ बराबरको १ लाख १५ हजार ३ सय ७४ वटा राउटर आयात भएको थियो । जुन आर्थिक वर्ष २०७६÷७७ को तुलनामा आव २०७७÷७८ मा ८३९.२७ प्रतिशतले बढी हो । त्यस्तै २०७६÷७७ मा आयातित राउटरबाट ४ करोड २३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।
नेपालमा सबैभन्दा बढी चीनबाट राउटर आयात भएको विभागको तथ्याङ्कले उल्लेख गरेको छ । एक वर्षको अवधिमा नेपालले चीनबाट मात्रै २ अर्ब ९ करोड ३९ लाख रुपैयाँ बराबरको ७ लाख ९६ हजार ३ सय वटा राउटर आयात गरेको ।

चीनपश्चात नेपालमा सबैभन्दा बढी राउटर आयात गर्नेमा ताइवान रहेको छ । ताइवनबाट नेपालले गत वर्ष २ करोड ७६ लाखको ६ हजार २ सय ५६ वटा राउटर आयात गरेको छ ।

त्यसैगरी, इटलीबाट २८ लाख ९२ हजारको ११ सय, लातभियबाट १ करोड ५९ लाखको ५ सय ८२, यमनबाट ५ लाख ७६ को ५ सय वटा, भारतबाट ५ लाख १३ हजारको २ सय ७६, मलेसियाबाट २२ लाख ८१ हजारको १ सय २ र अमेरिकन समाओबाट २ लाख ८६ हजारको १ सय वटा आयात गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरि अष्ट्रेलिया, जर्मनी, हङ्कङ, दक्षिण कोरिया, मेक्सिको, सिङ्गापुर, स्पेन, स्वीेडेन, थाइल्यान्ड, अमेरिका र यूएईबाट आयात भएको छ ।

Tags: इन्टरनेटराउटर
Previous Post

मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्छ: अर्थमन्त्री शर्मा

Next Post

नेपालबाट निर्यातको अवस्था शून्य

Related Posts

समाचार

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
समाचार

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

अशोज ६, २०७९
समाचार

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

अशोज ६, २०७९
समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!