dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

उम्मेदवारहरूलाई बैंक खाताबाट मात्र खर्च गर्न निर्वाचन आयोगको निर्देशन

Dudhkoshi Online by Dudhkoshi Online
बैशाख २१, २०७९
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह चुनावका उम्मेदवारहरूलाई बैंक खाताबाट मात्र खर्च गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्ति नै जारी गरेर स्थानीय तह निर्वाचनमा उठेका उम्मेदवारहरूलाई बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको जानकारी गराएको हो। निर्वाचन आयोग ऐन २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर बैंकमार्फत खर्च गर्न आयोगले भनेको हो।  निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावी खर्च गर्दा बैंकमा खाता खोलेर गर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्ने व्यवस्था कार्यान्वयन गर्न आयोगले सबै दल र उम्मेदवारलाई निर्देशन दिएको हो ।
यस्तै, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा त्यो रकम बुझेको रसिद वा भरपाइ दिएर उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाइ राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने पनि आयोगले जनाएको छ ।

तोकेको व्यवस्था विपरीत खर्च गर्ने क्रम चलिरहेकोमा ध्यानाकर्षण गराउँदै आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउन सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

Tags: आचारसंहितानिर्वाचन आयोगनिर्वाचन कार्यालय
Previous Post

थुलुङ दुधकोशी गाउँपालिकाको मतदान केन्द्र कता

Next Post

आङ बाबु राईलाई किन जिताउने ?

Related Posts

समाचार

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
समाचार

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

अशोज ६, २०७९
समाचार

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

अशोज ६, २०७९
समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!