dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

पेट्रोलियम व्यवसायीहरुको आन्दोलन स्थगित

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-03
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डाै । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् र उनीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने भएका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा नेपाल पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्व अर्याल र नेपाल आयल निगमका तर्फबाट प्रवक्ता विनितमणि उपाध्यायले हस्ताक्षर गरेका छन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो ।

Tags: आन्दोलन%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5आयल निगम%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%a8%e0%aपेट्रोलियम व्यवसायीहरुको%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%eस्थगित%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%97
Previous Post

भारतले तोकिएको बिजुलीको मूल्यको सीमा घटायो

Next Post

इन्धनको मूल्यमा वृद्धि

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.