सोलुखुम्बु । ‘न्यायप्रेमि युवाहरु राष्ट्रिय युवासंघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूलनाराका साथ राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि सोलुखुम्बुले भोलि बृहत जनसभाको आयोजना गरेको छ । भोलि जिल्ला समन्वय समितिको हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
सरकारको दलिय गठबन्धन विरुद्ध नेकपा एमाले भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले सोलुखुम्बुमा शत्तिप्रदर्शन गर्ने जनाएको छ ।

यस्तै भोलि बिहान ८ बजे बाइक र्यालि निकालिनेछ भने बिहान १० बजे जिल्ला समन्यव समितिको हलदेखि नयाँबजारसम्म मार्च पास गरिने राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष प्रवेश किरातिले जानकारी दिनुभयो । मार्चपास सकिएपश्चात बाँकी अन्य औपचारीक कार्यक्रम सुरु हुने अध्यक्ष किरातीको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेलको जिल्लामा आगमण भइसकेको छ भने अन्य नेताहरु जिल्ला आउने क्रम रहेको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यमा आयोजनामा गर्न लागिएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज मानविर राईको उपस्थिति रहने आयोजकले जनाएको छ । यस्तै राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय संगठन विभाग प्रमुख छितिज थेवे, नेकपा एमाले प्रदेश नम्बर एक कमिटि सदस्य तथा राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा, नेकपा एमाले प्रदेश एक प्रमुख सचेतक बुद्धी कुमार राजभण्डारी, नेकपा एमाले प्रदेश एक कमिटि सचिवालय सदस्य महेस किराँति, नेकपा एमाले प्रदेश एक कमिटि सचिवालय सदस्य उत्तम कुमार बस्नेत लगायत नेकपा एमालेका सोलुखुम्बुबाट निर्वाचित विभिन्न स्थानिय तहहरुका जनप्रतिनिधिहरुको उपस्थिति रहने राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष प्रवेश किरातिले जानकारी दिनुभयो ।













Discussion about this post