dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेकपा एमाले एक्लै काफि छ : अध्यक्ष पौडेल

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-09 - Updated on 2022-04-19
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि सोलुखुम्बुले जिल्लामा शक्ति प्रदर्शन गरेका छन ।
सरकारको दलिय गठबन्धन विरुद्ध नेकपा एमाले भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले सोलुखुम्बुमा शक्ति प्रदर्शन गरेका हुन ।


न्यायप्रेमि युवाहरु राष्ट्रिय युवासंघमा, सामाजिक परिवर्तन युवाको काँधमा भन्ने मूलनाराका साथ गठबन्धन विरुद्धमा जिल्ला समन्वय समितिको हलदेखि फाप्लु हुँदै जोरबौद्धसम्म बाइक र्यालि तथा मार्चपास गरि जिल्ला समन्वय समितिको हलमा पुनः कोणसभामा परिणत भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेलले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पाँचवटा दलले गरेको गठबन्धन विरुद्ध नेकपा एमाले आफै बलियो भएर चुनावमा लड्ने बताउनुभएको छ । उहाँले एमाले विरुद्ध भ्रम छरिरहेको कारण भ्रमलाई चिर्दै योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने युवा संघलाई आग्रह गर्नुभयो ।
गठबन्धन नेकपा एमालेको विरुद्धमा मात्र नभइ राष्ट्रको अहितमा रहेको बताउनुहँुदै सोलुखुम्बुका युवाले यसको विरुद्धमा तुलनात्मक ढंगले काम गर्नका लागि आग्रह गर्नुभयो । उहाँले राष्ट्रियता, सुसाशन र समृद्धिको तथ्यलाई बुझेर मात्र अघि बढ्न आग्रह गर्नुभयो ।
अध्यक्ष पौडेलले सोलुखुम्बु जिल्लाको आठ वटै स्थानिय तहमा एमालेलाई जिताउनका लागि युवासंघ अग्रसर रहँदै आफनो पार्टिको पक्षमा जित सुनिश्चित पार्नका लागि जोड दिनका लागि सुझाव दिनुभयो ।


नेकपा एमाले केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज मानविर राईले नेकपा एमालेको कार्यदेखि विपक्षी पार्टि अतालिएको कारण गठबन्धन गरेको उल्लेख गर्नुभएको छ । उहाँले अन्य पार्टि नेकपा एमालेसँग डराएको साथै आफनो सत्तालाई जोगाइराख्नका निम्ति गठबन्धन गरि चुनाव लड्न खोजेको आरोप लगाउनुभयो । उहाँले गठबन्धनसँग एक्लै चुनावमा लड्न सक्ने नेकपा एमालेसँग सामर्थ रहेको बताउनुहुँदै भोलिको राजनिति युवाको काँधमा हुने भएकाले युवाशत्ति अग्रसर भएर काम गर्नका लागि आग्रह गर्नुभयो ।


नेकपा एमाले प्रदेश एक प्रमुख सचेतक बुद्धी कुमार राजभण्डारीले पार्टिभित्र स्वमूल्यांकन गरेर चुनावको लागि तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले विषम परिस्थिति रहेको कारण अब्बल उमेद्धार चुन्नुपर्ने बताउन्ुहँुदै पार्टिले यथार्थ धरातलमा रहेर चुनावको लागि दबाबका साथ काम गर्न युवा संघलाई आग्रह समेत गर्नुभयो ।
आफनो पार्टिको जितको लागि निडर भएर काम गर्न सुझाव दिनुहुँदै युवाको सुरक्षाको निम्ति पार्टिले कुनै कसुर नराख्ने उल्लेख गर्नुभयो ।


कार्यक्रममा नेकपा एमाले प्रदेश एक कमिटि सचिवालय सदस्य महेस किरातिले नेकपा एमाले शसत्त पार्टि रहेको कारण नेकपा एमालेले स्थानिय तहको चुनाव जित्नैपर्ने जिकीर गर्नुभयो ।

नेकपा एमाले प्रदेश एक कमिटि सचिवालय सदस्य उत्तम कुमार बस्नेतले गठबन्धनलाई परास्त गर्दै आफनो पार्टिको विजयको लागि युवा संघले बलियो भूमिका निर्वाह गर्नका लागि सुझाव दिनुभयो ।

यस्तै राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष प्रवेश किरातिले युवा संघले जिल्लामा खेल्नुपर्ने भूमिकाको बारेमा आफु बफादार रहेको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धन विरुद्ध युवासंघ सक्रिय रुपमा लागि परेको बताउनुहुँदै जिल्लाको आठ वटै स्थानिय तहमा नेकपा एमालेको विजय हुनेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

 

 

Tags: गठबन्धन%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aयुवासंघ%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4
Previous Post

चुनावको आचारसंहिता आजदेखि लागू

Next Post

सोलुदुधकुण्ड नगरपालिका वडा ६ का अध्यक्ष पदमा मनोज श्रेष्ठ सदस्यमा सुजता तामाङ

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.