सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लागि ९० हजार थान मतपत्र जिल्ला आइसकेको छ । वैशाख १७ गते जिल्लामा मतपत्र आइपुगेको मूख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
निर्वाचन अन्तर्गतको ११ गतेदेखि १७ गतेसम्मको कार्यतालिका सम्पन्न पश्चात आन्तरिक व्यवस्थापनका कामहरु भइरहेको पनि मूख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीको भनाइ छ ।
जसअनुसार वैशाख २१, २२ र २३ गते मतदान अधिकृतका लागि तालिम प्रदान गरिने कार्यतालिका रहेको छ । तालिम पश्चात मतदानको लागि कर्मचारी खटाउने र निर्वाचन सामाग्री वितरण गरिने कार्यतालिका रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो ।
यसैबिच सोलुखुम्बु जिल्लाका लागि ९२ प्रकारका निर्वाचन सामाग्री जिल्ला आइपुगेको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका अनुसार जिल्लामा निर्वाचन ऐन नियम संग्रह एक थान, स्थानिय तह निर्वाचन निर्देशिका, २०७८ एक थान, निर्वाचन आचारसंहिता, २०७८ एक थान, अफिस व्याग २ थान जिल्ला आइपुगेको छ ।
यस्तै मतगणना अर्थात मतदान केन्द्र प्रतिनिधि परिचयपत्र १४ वटा, मतदान केन्द्र कार्ड २ प्रति, हरियो रंगको मतपेटिका सुरक्षण सिल १५ थान, मतदान प्रतिनिधिको नियुत्ति १५ पाना, मतदान अर्थात मतगणना प्रतिनिधिको परिचयपत्र १० पाना साथै अन्य निर्वाचनमा आवश्यक पर्ने सम्पूर्ण सामाग्री जिल्लामा ल्याइसकिएको सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो ।












Discussion about this post