dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

दुधकुण्ड मेला : ६७३ जना भक्तजनको स्वास्थ्य परीक्षण

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-10
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले दुधकुण्ड मेलामा पुगेका ६ सय ७३ जना भक्तजनको स्वास्थ्य परीक्षण गर्नका साथै औषधी वितरण गरेको छ ।

जनै पूर्णिमाको अवसरमा दुधकुण्ड जाने भक्तजनलाई लक्षित गरी आयोजना गरेको निःशुल्क प्राथमिक स्वास्थ्य शिविरमा ६७३ जनालाई उपचार गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले जनाएको छ ।

शिविरको पहिलो दिन श्रावण २३ गते कामु डाँडामा एक सय २३ जनाको स्वास्थ्य उपचार गरिएको नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका कोषाध्यक्ष सुरेश खडकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस्तै दोस्रो दिन जम्लयाहा खोला, गाम्टाङ, सहस्र बेनी लगायतका स्थानहरूमा बाटैबाट एक सय ९४ जना तथा सो बेलुकी तथा जनै पूर्णिमाको दिन तीन सय ५६ जना भक्तजनहरूलाई औषधि वितरण तथा स्वास्थ्य परीक्षण गरिएको थियो । आकस्मिक नेपाली सेनाले उद्धार गरेको ५ जना यात्रुहरूलाई समेत उपचार गरिएको थियो ।

यस वर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पूर्ण सहयोगमा सोलुखुम्बुको प्रसिद्ध दुधकुण्डमा आउने तीर्थ यात्रीहरूको स्वास्थ्यलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका कोषाध्यक्ष सुरेश खडकाले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले बर्सेनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी भत्तजनहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यस वर्ष शिविरमा नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका कोषाध्यक्ष सुरेश खडकाको नेतृत्वमा २ जना स्वास्थ्य कर्मी सहित १२ जना खटिएका थिए ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सीन्दुमा अवस्थित ठुलो दुधकुण्डमा जनै पूर्णिमाको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्दछ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ सोलुखुम्बु लगायत छिमेकी जिल्लाबाट यस वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमाको दिनसम्म तीन हजार बढी दर्शनार्थीहरु पुगेको जनाइएको छ ।

समुन्द्री सतह देखि ४५३१ मिटरको उचाइमा अवस्थित नुम्बुर हिमालको काखैमा रहेको दुधकुण्ड पोखरी धार्मिक र प्राकृतिक पवित्र तीर्थस्थल हो ।

Tags: जनै पूर्णिमादुधकुण्ड मेलास्वास्थ्य शिविर
Previous Post

नेचासल्यानको एकीकृत सेवा सम्पन्न, एक हजार बढिले लिए प्रत्यक्ष सेवा

Next Post

राज्य व्यवस्था समिति सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.