काठमाडौं । नेपालको हिमाल, पर्वतारोहण तथा पर्यटन क्षेत्रको अग्रणी संस्था नेपाल पर्वतारोहण संघ (NMA) को अध्यक्षमा फुर्वा गेल्जे शेर्पा निर्वाचित हुनुभएको छ । भदौ ७ गते सम्पन्न निर्वाचनमा ३४२ मतसहित अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गर्नुभयो । यस्तै, वरिष्ठ उपाध्यक्षमा ३४५ मतले ईश्वरी पौडेल विजयी हुनुभयो । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत लिएर विजयी हुनुभयो ।
महासचिव पदमा राजेन्द्रबहादुर लामा ३१८ मतसहित विजयी हुनुभएको छ। निर्वाचनमा कुल १७ पदका लागि प्रतिस्पर्धा भएको थियो ।
नेपाल पर्वतारोहण संघले पर्वतारोहण क्षेत्रको व्यवस्थापन, अनुमति प्रक्रिया, तालिम, उद्धार, खोजी, आधार शिविर व्यवस्थापन, अन्तर्राष्ट्रिय सहकार्य, पर्यावरणीय संरक्षणजस्ता क्षेत्रमा काम गर्दै आएको छ।












Discussion about this post