dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता’ सुरु, बिजेताले डेढ लाख रुपैयाँ पाउने

admin by admin
भदौ १२, २०७७
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

सुनसरी । राष्ट्रिय स्तरको टिकटक स्टार प्रतियोगिता हुने भएको छ । सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता ०७ नाम दिइएको प्रतियोगिताका लागि आवेदन सुरु भएको छ ।

सुनसरीको बराहक्षेत्रस्थित रहेको सदाबहारा मिडिया प्रा.लि.ले आयोजना गरेको प्रतियोगिताका लागि आवेद खुलेको आयोजकले जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले १३ भदौमा सुरु भएको यस प्रतियोगिता २८ कात्तिकमा सम्पन्न हुने जानकारी दिएको हो ।

टिकटक मार्फत अभिनय गर्दै आफ्नो भिडियो बनाइ प्रा.लि.को फेसबुकमार्फत पठाउनुपर्ने र विभिन्न चरणमा प्राप्त गर्ने भ्युजको आधारमा विजेता घोषणा गर्ने आयोजकले जनाएको छ ।

भदौ १३ देखि भदौ २८ गतेसम्म आवेदन लिइने र सहभागिता लागि विभिन्न मोबाइल वालेटबाट दर्ता शुल्क एक सय रुपैयाँ तिर्नुपर्ने प्रतियोगिताका आर्थिक संयोजक भरत खड्काले बताए ।

लकडाउनको समयमा लोकप्रिय बन्दै गएको टिकटकमार्फत आफ्नो अभिनय, क्षमता प्रस्तुत गरेर सहभागी हुन सक्ने र विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने सदाबहार मिडिया प्रा.लि.का अध्यक्ष भवानी धिमालले बताए । उनका अनुसार उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भिडियो नेपाली भाषामा हुनुपर्ने आयोजकले जनाएको छ । सामाजिक विकृति फैलाउने, ब्यक्तिगत आक्षेप लगाएका, राष्ट्रियतामाथि आँच आउने, अश्लिल प्रकृतिका भिडियोलाई समावेस नगराइने प्रतियोगिताका संयोजक देव भट्टराईले जानकारी दिए ।

टिकटक भिडियोमा स्वयम् आफ्नै हुनुपर्ने र आफैंले अभिनय गरेको हुनुपर्ने, भिडियो १५ सेकेन्ड भन्दा लामो हुनुपर्ने संयोजक भट्टराईको भनाइ छ । पहिलो चरणमा प्रतियोगिमध्ये उत्कृष्ट एक सय जनाको भिडियोमा आएको भ्युजको अधारमा उत्कृष्ट २० छनोट गरिने छ । क्रमशः ५ औ चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, उत्कृष्ट १०, उत्कृष्ट ५ र उत्कृष्ट ३ र फाईनल गरि बिजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

कोभिड–१९लाई मध्यनजर गर्दै भिडभाड रहित दसै, तिहारलाई प्रोत्साहन भर्चुअल माध्यमबाट राष्ट्रिय स्तरको प्रतियोगिताको अवधारणा ल्याएको कार्यक्रम संयोजक भट्टराईले बताए ।

Tags: अभिनयचलचित्रटिकटकप्रतियाेगिता
Previous Post

Hello world!

Next Post

तेजसको फस्टलुक सार्वजनिक, यस्तो छ कंगनाको नयाँ अवतार

Related Posts

कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

बैशाख १, २०७८
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

फाल्गुन २७, २०७७
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

फाल्गुन २७, २०७७
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

पुस १०, २०७७
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

मंसिर २८, २०७७
कला/मनाेरञ्जन

केकी, रीमा लगायतको टिमले ‘डान्स मास्टर लिल चाम्स’ आयोजना गर्दै

मंसिर २३, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

देशको नाम विश्वसामु चिनाउनेलाई राज्यले चिनेन : हिमाल आरोही किताबसिंह तामाङ

बैशाख ९, २०७८

‘महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण चुनौती’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!