dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता’ सुरु, बिजेताले डेढ लाख रुपैयाँ पाउने

admin by admin
2020-08-28 - Updated on 2020-08-29
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

सुनसरी । राष्ट्रिय स्तरको टिकटक स्टार प्रतियोगिता हुने भएको छ । सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता ०७ नाम दिइएको प्रतियोगिताका लागि आवेदन सुरु भएको छ ।

सुनसरीको बराहक्षेत्रस्थित रहेको सदाबहारा मिडिया प्रा.लि.ले आयोजना गरेको प्रतियोगिताका लागि आवेद खुलेको आयोजकले जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले १३ भदौमा सुरु भएको यस प्रतियोगिता २८ कात्तिकमा सम्पन्न हुने जानकारी दिएको हो ।

टिकटक मार्फत अभिनय गर्दै आफ्नो भिडियो बनाइ प्रा.लि.को फेसबुकमार्फत पठाउनुपर्ने र विभिन्न चरणमा प्राप्त गर्ने भ्युजको आधारमा विजेता घोषणा गर्ने आयोजकले जनाएको छ ।

भदौ १३ देखि भदौ २८ गतेसम्म आवेदन लिइने र सहभागिता लागि विभिन्न मोबाइल वालेटबाट दर्ता शुल्क एक सय रुपैयाँ तिर्नुपर्ने प्रतियोगिताका आर्थिक संयोजक भरत खड्काले बताए ।

लकडाउनको समयमा लोकप्रिय बन्दै गएको टिकटकमार्फत आफ्नो अभिनय, क्षमता प्रस्तुत गरेर सहभागी हुन सक्ने र विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने सदाबहार मिडिया प्रा.लि.का अध्यक्ष भवानी धिमालले बताए । उनका अनुसार उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भिडियो नेपाली भाषामा हुनुपर्ने आयोजकले जनाएको छ । सामाजिक विकृति फैलाउने, ब्यक्तिगत आक्षेप लगाएका, राष्ट्रियतामाथि आँच आउने, अश्लिल प्रकृतिका भिडियोलाई समावेस नगराइने प्रतियोगिताका संयोजक देव भट्टराईले जानकारी दिए ।

टिकटक भिडियोमा स्वयम् आफ्नै हुनुपर्ने र आफैंले अभिनय गरेको हुनुपर्ने, भिडियो १५ सेकेन्ड भन्दा लामो हुनुपर्ने संयोजक भट्टराईको भनाइ छ । पहिलो चरणमा प्रतियोगिमध्ये उत्कृष्ट एक सय जनाको भिडियोमा आएको भ्युजको अधारमा उत्कृष्ट २० छनोट गरिने छ । क्रमशः ५ औ चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, उत्कृष्ट १०, उत्कृष्ट ५ र उत्कृष्ट ३ र फाईनल गरि बिजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

कोभिड–१९लाई मध्यनजर गर्दै भिडभाड रहित दसै, तिहारलाई प्रोत्साहन भर्चुअल माध्यमबाट राष्ट्रिय स्तरको प्रतियोगिताको अवधारणा ल्याएको कार्यक्रम संयोजक भट्टराईले बताए ।

Tags: अभिनय%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0चलचित्र%e0%a4%9a%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4टिकटक%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0प्रतियाेगिता%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a5%87
Previous Post

Hello world!

Next Post

तेजसको फस्टलुक सार्वजनिक, यस्तो छ कंगनाको नयाँ अवतार

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

2021-04-14
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.