dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

कोरोणा नियन्त्रणका लागि उल्लेखीत नियम उल्लंघन गरेकी नर्वेकी प्रधानमन्त्रीले मागिन माफी

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-21
in प्रवास
Share on FacebookShare on Twitter

काठमाडौँ । कोभिड–१९ नियन्त्रणका लागि आफ्नै सरकारले जारी गरेका नियम उल्लंघन गरेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगले माफी माग्नुभएको छ । फेब्रुअरी २५ का दिन ६० औं जन्मदिन मनाउन परिवारसहित नर्वेको राजधानी ओस्लो बाहिरको होल नगरपालिका जानुभएको समयमा उक्त नगरपालिकाले बनाएको नियम उल्लंघन गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री सोल्वेग १४ जना पारिवारिक सदस्यसहित दुई दिनको लागि कोल नगरपालिकाको एक रेस्टुरेन्टमा पुग्नुभएको थियो । व्यक्तिगत गतिविधिको लागि १४ जना जम्मा हुनुले सरकारबाट जारी गरिएकै नियमको सरकार प्रमुखले नै उल्लंघन गरेको थाहा पाएर नर्वेको सरकारी सञ्चारमाध्यम एनआरकेले समाचार सार्वजनिक गरेको थियो ।

राम्रोसँग नियमको अध्ययन नगर्दा आफूबाट गल्ती हुन गएको उहाँको भनाइ छ । नर्वेका नागरिकले नियमको पूर्ण पालना गरेको र आफूबाट उल्लंघन भएको हुँदा नागरिक रिसाएको भन्दै उहाँले आफूबाट भएको गल्तीको नागरिकसरह नै कानूनी कारबाही भोग्न समेत तयार रहेको बताउनुभएको छ ।

समाचारमा आएको विषय र प्रधानमन्त्रीले गरेको स्वीकारोक्ति पछि प्रहरीले थप अध्ययन गर्न थालेको छ । प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै संचारमाध्यममा आएको सूचना र प्रधानमन्त्री आफैंले दिएको बयानका आधारमा संक्रमण नियन्त्रण सम्बन्धी नियमको उल्लंघन भएको देखिन्छ भनेर उल्लेख गरिएको छ ।

के कस्ता स्थानीय र केन्द्रीय नियम उल्लंघन भएका छन् भनेर स्पष्ट हुन प्रहरीले थप अध्ययन थालेको विज्ञप्तिमा उल्लेख रहेको एनआरकेले समाचार प्रकाशन गरेको छ । अनुसन्धानको लागि कति समय लाग्ने यकिन नभए पनि प्रहरीले चाँडो अनुसन्धान सक्ने प्रतिबद्धता जनाएको छ ।

अनुसन्धान पछि के कस्ता गतिविधि गरिएको थियो सोही अनुसार कारबाही हुने जनाइएको छ । सामान्यतः व्यक्तिगत गतिविधिको लागि भेटघाट गर्दा आयोजकले २० हजार र सहभागीले १० हजार क्रोनर जरिवाना लाग्ने नियम छ ।

नर्वेमा कोरोना संक्रमणको दर बढ्दै गएपछि दोस्रो पटक नोभेम्बरबाट निजी भेटघाट तथा गतिविधिमा १० जनाभन्दा बढी भेला हुन नपाउने नियम जारी गरेको छ । नियम उल्लंघन गरेपछि कतिपय नागरिकले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।

Previous Post

भारतको ८ राज्यमा कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिदै

Next Post

भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Related Posts

प्रवास

अष्ट्रेलियामा कोभिड संक्रमितको संख्या उच्च

2022-01-13
प्रवास

ब्राजिलमा तीन वटै सेनाका प्रमुखले दिए एकसाथ राजीनामा

2021-03-31
प्रवास

सुरक्षित स्थानको खोजीमा म्यानमारका तीन हजार मानिसहरु थाइल्याण्डमा

2021-03-29
प्रवास

इजिप्ट रेल दुर्घटनामा परि ३२ जनाको मृत्यु

2021-03-27
प्रवास

भारतीय प्रधानमन्त्रीको भ्रमण विषयमा बंगलादेशमा हिंसात्मक प्रदर्शन

2021-03-27
प्रवास

भारतमा २४ घण्टामा ४७ हजारभन्दा बढि सङ्क्रमित

2021-03-24

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.