काठमाण्डौ – ब्राजिलमा तीन वटै सेनाका प्रमुखले एकसाथ राजीनामा दिएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार राष्ट्रपतिसँग असन्तुष्टि राखेर उनीहरुले राजीनामा दिएका हुन ।
राष्ट्रपति जैर बोल्सोनारोले रक्षा मन्त्रीलाई हटाएको भोलिपल्ट त्यहाँका स्थल, जल तथा हवाई सेनाका प्रमुखले राजीनामा दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन ।
राष्ट्रपति बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभइ आफू अनुकुल बनाउन खोजेको आरोप लागेको छ ।