काठमाडौँ । अष्ट्रेलियामा कोभिड-१९ का संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।
अष्ट्रेलियामा बिहीबार दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ । त्यहाँ आज एक लाख ४७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको अलजजिराले जनाएको छ । त्यस्तै, थप ५३ जना संक्रमितको मृत्यु भएको समाचारमा उल्लेख छ ।
अस्पतालमा भर्ना हुने र आईसीयूमा उपचार गर्नेको कुल संख्या हालसम्मकै धेरै भएपछि स्वास्थ्य प्रणालीले बढ्दो संक्रमणसँग जुध्न सक्ने अधिकारीले बताएका छन् ।