dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

काेराेनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या १८९ पुग्याे

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in प्रवास
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ ।

भारतमा २५, साउदी अरेबियामा २ र दक्षिण अफ्रिकामा २ जनाले ज्यान गुमाएका हुन्। यससँगै संक्रमणका कारण विदेशमा १ सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै संघले लण्डनबाट आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ।

यसैबीच संघले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ।

अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि संघले जनाएको छ । रासस

Previous Post

‘सङ्गीतमा डुबुल्की मार्दा मनमा शान्ति हुन्छ’

Next Post

भारतमा कोरोनाबाट एकै दिन १०२१ जनाको मृत्यु

Related Posts

प्रवास

अष्ट्रेलियामा कोभिड संक्रमितको संख्या उच्च

पुस २९, २०७८
प्रवास

ब्राजिलमा तीन वटै सेनाका प्रमुखले दिए एकसाथ राजीनामा

चैत्र १८, २०७७
प्रवास

सुरक्षित स्थानको खोजीमा म्यानमारका तीन हजार मानिसहरु थाइल्याण्डमा

चैत्र १६, २०७७
प्रवास

इजिप्ट रेल दुर्घटनामा परि ३२ जनाको मृत्यु

चैत्र १४, २०७७
प्रवास

भारतीय प्रधानमन्त्रीको भ्रमण विषयमा बंगलादेशमा हिंसात्मक प्रदर्शन

चैत्र १४, २०७७
प्रवास

भारतमा २४ घण्टामा ४७ हजारभन्दा बढि सङ्क्रमित

चैत्र ११, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!