dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

भारतको उत्तराखण्डको मुख्यमन्त्रीमा तीरथ सिंह रावत नियुक्त

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-10
in समाज
5
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ – भारतको उत्तराखण्डको मुख्यमन्त्रीमा तीरथ सिंह रावत नियुक्त हुनुभएको छ । मङ्गलवार त्रिवेन्द्र सिंह रावतले राजीनामा दिएपछि खाली भएको पदमा भारतीय जनता पार्टी ९भाजपा० ले तीरथ सिंह रावतलाई नियुक्त गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

यसअघि भारतीय जनता पार्टीको प्रदेश अध्यक्षसमेत भइसकेका तीरथ सिंह अहिले उत्तराखण्डको पौडी गढवालबाट सांसद हुनुहुन्छ । मुख्यमन्त्रीको कार्यसम्पादन सन्तोषजनक नरहेको हुँदा अर्को वर्ष फेब्रुअरी महिनामा हुने विधानसभा चुनावमा असर पर्न सक्ने भन्दै भाजपाले दबाब दिएपछि त्रिवेन्द्र सिंह रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिनभएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै तीरथ सिंह रावतले सपथ पनि लिइसक्नुभएको छ । उहाँले उत्तराखण्डको विकासमा भइरहेको गतिलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने बताउनुभएको छ ।

उत्तराखण्डको स्थापना हुँदा तीरथ सिंह रावत प्रदेशका पहिलो शिक्षा मन्त्री हुनुहुन्थ्यो । त्यसपछि सन् २००७ मा उहाँ उत्तराखण्ड राज्यको महासचिव बन्नुभएको थियो । सन् २०१२ मा विधायक चुनिनुभएका रावतलाई सन् २०१३ मा बीजेपीले उत्तराखण्डको नेतृत्व सुम्पिएको हो ।

सन् २०१७ को विधानसभा चुनावमा बीजेपीले यहाँ प्रचण्ड जित हासिल गरेको थियो । ७० सदस्यको उत्तराखण्ड विधानसभामा बीजेपीले ५७ सिट जितेको थियो । भारतीय कांग्रेस मात्र ११ सिटमा समेटिएको थियो ।

साभार उज्यालो अनलाइन

Tags: chief ministerIndia
Previous Post

५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

Next Post

माओवादी केन्द्रको स्थायी कमिटी गठन

Related Posts

समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11

Discussion about this post

ताजा समाचार

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.