dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

भारतको उत्तराखण्डको मुख्यमन्त्रीमा तीरथ सिंह रावत नियुक्त

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
फाल्गुन २६, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाण्डौ – भारतको उत्तराखण्डको मुख्यमन्त्रीमा तीरथ सिंह रावत नियुक्त हुनुभएको छ । मङ्गलवार त्रिवेन्द्र सिंह रावतले राजीनामा दिएपछि खाली भएको पदमा भारतीय जनता पार्टी ९भाजपा० ले तीरथ सिंह रावतलाई नियुक्त गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

यसअघि भारतीय जनता पार्टीको प्रदेश अध्यक्षसमेत भइसकेका तीरथ सिंह अहिले उत्तराखण्डको पौडी गढवालबाट सांसद हुनुहुन्छ । मुख्यमन्त्रीको कार्यसम्पादन सन्तोषजनक नरहेको हुँदा अर्को वर्ष फेब्रुअरी महिनामा हुने विधानसभा चुनावमा असर पर्न सक्ने भन्दै भाजपाले दबाब दिएपछि त्रिवेन्द्र सिंह रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिनभएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै तीरथ सिंह रावतले सपथ पनि लिइसक्नुभएको छ । उहाँले उत्तराखण्डको विकासमा भइरहेको गतिलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने बताउनुभएको छ ।

उत्तराखण्डको स्थापना हुँदा तीरथ सिंह रावत प्रदेशका पहिलो शिक्षा मन्त्री हुनुहुन्थ्यो । त्यसपछि सन् २००७ मा उहाँ उत्तराखण्ड राज्यको महासचिव बन्नुभएको थियो । सन् २०१२ मा विधायक चुनिनुभएका रावतलाई सन् २०१३ मा बीजेपीले उत्तराखण्डको नेतृत्व सुम्पिएको हो ।

सन् २०१७ को विधानसभा चुनावमा बीजेपीले यहाँ प्रचण्ड जित हासिल गरेको थियो । ७० सदस्यको उत्तराखण्ड विधानसभामा बीजेपीले ५७ सिट जितेको थियो । भारतीय कांग्रेस मात्र ११ सिटमा समेटिएको थियो ।

साभार उज्यालो अनलाइन

Tags: chief ministerIndia
Previous Post

५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

Next Post

माओवादी केन्द्रको स्थायी कमिटी गठन

Related Posts

FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१
समाज

६ सय पाँच जनाले लिए परामर्श सेवा

मंसिर २३, २०८१
समाज

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

मंसिर २३, २०८१
समाज

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

मंसिर ७, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!