dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सरकार र जसपाबीच आज निर्णायक वार्ता हुने

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-12
in समाज
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच शुक्रबार पनि वार्ता हुँदै छ । कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागिएको उहाँको भनाइ छ । जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहने गरेर दुई सदस्यीय कार्यदल बनाएको हो ।

संसदीय दलको विधान छलफलपछि पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने आजका बैठकका एजेन्डा रहेका छन् । गत वैशाख १० गते राजपा र समाजवादी पार्टीको एकतापछि नाम जसपा राखिएको थियो। त्यसबेला उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले राजपासँग एकीकरण गरेको थियो। जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ ।

आफ्ना माग सम्बोधनका लागि जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा छन् । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ । निलम्वितबाहेक ३२ सांसद रहेका जसपाको एउटा खेमालाई भए पनि साथ लिने रणनीतिमा ओली छन् ।

Photo Setopati

Previous Post

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

Next Post

एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ मा बस्ने तयारी

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.