काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुग्नुभएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन दिन प्रचण्ड सर्वोच्च अदालत पुग्नु भएको हो।
पुनरावलोकनमा जानुअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो ।