dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

काठमाडौँका साँघुरा गल्ली र पैदलयात्री !

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-30 - Updated on 2022-01-20
in हिँडदाहिँड्दै
4
SHARES
Share on FacebookShare on Twitter

गार्डेन राई/ काठमाडौं ।  काठमाडौँमा पैदल हिँड्का लागि साना अनि साँघुरा गल्लीहरू छन् । अनि ती साना गल्लीमा आवतजावत गर्ने पैदलयात्रीहरू असङ्ख्य छन् । हिँड्दाहिँड्दै कतिबेला कोसँग ठेस लाग्छ पत्तो नै पाइन्नँ ।

व्यस्त सडकको वल्लोपल्लो साइडमा ठूल्ठूला बिल्डिङ । बीचमा कतै पिच गरिएका चिल्लो सडक त कतै कच्ची । पिच गरिएका र कच्ची सडकमा आवतजावत गर्ने सवारीसाधन पति उत्तिकै लर्को लागेर कुदिरहेका हुन्छन् । मानौँ, उनीहरू रेसमा भाग लिएका खेलाडी हुन् र आफना प्रतिद्वन्दीलाई हराएर आफू विजयी हुन्छु भन्ने मनसायका साथ जोड जोडले दौडिरहेका छन् । अनि एकले अर्कालाई पिछा गर्दै लखेटिरहेको जस्तो पनि लाग्ने ।

काठमाडौँमा गाडी गुड्ने सडक मात्र कहाँ व्यस्त हुन्छन् र ! साँघुरा अनि साना गल्लीहरू पनि उत्तिकै व्यस्त अनि खचाखच हुन्छन् । बिहान करिब ४ बजेदेखि ७ बजेसम्म मर्निङ वाकमा निस्किने भिड सकिएपश्चात स्कुल, कलेज, अफिस, सपिङ लगायत अन्य विविध कामका लागि आवतजावत गर्ने मानिसहरूले गर्दा बिहान ८-९ बजेदेखि बेलुकी ८ बजेसम्म साँघुरा गल्लीहरू व्यस्त रहन्छन् ।

कतिपय पैदलयात्रीहरू उत्तिकै हतारोमा दौडिरहेका हुन्छन् । मानौँ, उनीहरू काठमाडौँदेखि हिँडेरै कुनै अर्को सहरतर्फ आजै पुग्नुछ । अगाडिबाट आइरहेका अर्को यात्रुलाई समेत देख्दैनन् । लाग्छ- दुवैजना उस्तै गतिमा हिँडेको भए बीचमा ठ्यांग ठोक्किन्छन् । अनि सडकमा दुईतर्फबाट गाडी ठोक्किएर यता र उता बजारिए जस्तै बजारिन्छन् ।

अब त्यही गल्लीमा अर्का थरिका यात्रु देखिन्छन् । जसले ती साँघुरा गल्ली पूरै ओगटेर हिँडिरहेका हुन्छन् । लाग्छ- त्यो बाटोमा अरु कोही हिँड्नै हुन्न । गल्ली साना छन् भन्ने थाहा हुँदाहुँदै पनि २-४ जनाको समूह काँधमा काँध मिलाएर हिँडिरहेका हुन्छन् । आ-आफ्नो गफमा रमाउँदै ठूलो हाँसोले भरिन्छ बाटो । कोही कानमा हेडफोन, हातमा मोबाइल लिएर गीत सुन्दै हिँडिरहन्छन् । कोही फोनमा कुरा गरे पनि सँगै बसेर कुराकानी गरेजस्तै हात फिँजाएर गफ गर्दै । अनि कोही बाटो काट्दा कुम अनि कुहिना ठोक्काउँदै हिँड्छन् । बाटो छोड्नु त कुरै छोडौँ झुक्किएर ठोक्किँदा समेत सरी भन्न भ्याउँदैनन् ।

कतिपय परैबाट अलि साइड लाग्दै हिँड्छन् । कसैले बाटोमा भगवानको सानो मूर्ति देखेपछि हात शिरमा पुर्‍याउँछन् । कतिपय छेवैमा बाइक साइड लगाएर त्यही गल्लीमा खुट्टा परसम्म तेर्स्याएर आफ्नै सुरमा बसिरहेका हुन्छन् । कोही त्यही गल्लीको बीचमा ठिङ्ग उभिएर मस्त गफ गर्नमा व्यस्त हुन्छन्, त्यही बाटो हिँड्दै आएकाहरूलाई बाटो छाड्न फुर्सद हुँदैन उनीहरूसँग ।

गल्लीलाई घरको फराकिलो आँगन सम्झेर घाम ताप्दै मिठो निन्द्रामा हुन्छन्- काेही । घामपानीबाट जोगिनका लागि छाता ओडेर हिँड्नेलाई अर्को पैदलयात्रीको वास्ता हुन्न । छाताले लागोस् कि बाटो छेकियाेस् ।

कोही डमीमा सजाएर राखिएका कपडाहरू हेर्दै हेर्दै बाटो काट्छन । चाबहिल, पुतलीसडक, बागबजार लगायतका मुख्य चाेकका गल्लीहरूबाट अग्ला अनि ठूला बिल्डिङमा आकर्षक तरिकाले डिजाइन गरी झुन्ड्याइएका होर्डिङ बोर्डतिर हेरिरहेका हुन्छन्- कतिपय चाहिँ । कतिपय त्यही गल्लीको छेवैमा बसेर पम्प्लेटहरू बाँड्नमा व्यस्त देखिन्छन् । त्यस्तो व्यस्त गल्लीमा पनि सेल्फी लिन अनि फोटो खिचाउन भ्याइसकेका हुन्छन् ।

अनि त्यही गल्लीमा मकै व्यापारी, तरकारी, चटपटे अनि पानीपुरी, फलफूल व्यापारी अनि अन्य साना व्यापारीहरू समेत अटिरहेका छन् । कतियपले त्यही साँघुरो गल्लीमा नै बाइक र स्कुटर पार्किङ गर्न राखेका हुन्छन् ।

पानीपुरी र चटपटे खान झुम्मिरहेका ग्राहकलाई वास्ता नै हुन्न अन्य पैदलयात्रुको । उनीहरू त्यही गल्लीमा गफिँदै आफ्नै धुनमा हाँस्दै खानमा व्यस्त हुन्छन् । त्यही गल्लीको छेवैमा फोहोरका डंगुर थुपारिएका छन् । एक कोश टाढासम्म गन्हाउने फोहोरको केही वास्तै नगरी जुत्ताचप्पल सिलाइरहेका हुन्छन् साना व्यवसायीहरू । मानौँ त्यहाँ कुनै महँगो ब्रान्डकाे पर्फ्युमको मीठो सुगन्ध आइरहेको छ ।

काठमाडौँका गल्लीहरू प्रायः व्यस्त नै देखिन्छन् । गल्लीमा हिँड्ने पैदलयात्रीहरू एकलाई अर्काको वास्ता छैन । मुस्किलले भिड छिचोल्दै अर्को भिड छिचोल्न हतार देखिन्छन् । गल्लीहरू साना अनि साँघुरो भए पनि त्यही गल्ली धेरैको सहारा बनिदिएको छ । धेरैलाई जीविकोपार्जन गर्नलाई सघाउ समेत पुगिरहेको छ ।

Source: koshionline.com

Tags: काठमाडौँ%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0गल्ली र पैदलयात्री%e0%a4%97%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%80-%e0%a4%b0-%e0%a4%aa%e0%a5%88%e0%a4%a6%e0%a4%b2%e0%
Previous Post

एकता खारेज गर्ने फैसलाविरूद्ध सर्वोच्च पुगे प्रचण्ड

Next Post

२४ घण्टामा एक सय ६७ मा कोरोनाकाे सङ्क्रमण पुष्टि

Related Posts

FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

2023-12-14
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

2022-11-09
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

2022-10-10
हिँडदाहिँड्दै

यो उत्तर जोसँग सम्बन्धित छ…

2022-05-10 - Updated on 2022-05-11
हिँडदाहिँड्दै

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

2022-04-22 - Updated on 2022-05-02
हिँडदाहिँड्दै

हिमालमा श्रीमान् गुमाउने महिलाकाे अठाेट : हामी पनि गर्न सक्छाैँ

2022-02-18 - Updated on 2022-04-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.