dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

काठमाडौँका साँघुरा गल्ली र पैदलयात्री !

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र १७, २०७७
in हिँडदाहिँड्दै
Share on FacebookShare on Twitter

गार्डेन राई/ काठमाडौं ।  काठमाडौँमा पैदल हिँड्का लागि साना अनि साँघुरा गल्लीहरू छन् । अनि ती साना गल्लीमा आवतजावत गर्ने पैदलयात्रीहरू असङ्ख्य छन् । हिँड्दाहिँड्दै कतिबेला कोसँग ठेस लाग्छ पत्तो नै पाइन्नँ ।

व्यस्त सडकको वल्लोपल्लो साइडमा ठूल्ठूला बिल्डिङ । बीचमा कतै पिच गरिएका चिल्लो सडक त कतै कच्ची । पिच गरिएका र कच्ची सडकमा आवतजावत गर्ने सवारीसाधन पति उत्तिकै लर्को लागेर कुदिरहेका हुन्छन् । मानौँ, उनीहरू रेसमा भाग लिएका खेलाडी हुन् र आफना प्रतिद्वन्दीलाई हराएर आफू विजयी हुन्छु भन्ने मनसायका साथ जोड जोडले दौडिरहेका छन् । अनि एकले अर्कालाई पिछा गर्दै लखेटिरहेको जस्तो पनि लाग्ने ।

काठमाडौँमा गाडी गुड्ने सडक मात्र कहाँ व्यस्त हुन्छन् र ! साँघुरा अनि साना गल्लीहरू पनि उत्तिकै व्यस्त अनि खचाखच हुन्छन् । बिहान करिब ४ बजेदेखि ७ बजेसम्म मर्निङ वाकमा निस्किने भिड सकिएपश्चात स्कुल, कलेज, अफिस, सपिङ लगायत अन्य विविध कामका लागि आवतजावत गर्ने मानिसहरूले गर्दा बिहान ८-९ बजेदेखि बेलुकी ८ बजेसम्म साँघुरा गल्लीहरू व्यस्त रहन्छन् ।

कतिपय पैदलयात्रीहरू उत्तिकै हतारोमा दौडिरहेका हुन्छन् । मानौँ, उनीहरू काठमाडौँदेखि हिँडेरै कुनै अर्को सहरतर्फ आजै पुग्नुछ । अगाडिबाट आइरहेका अर्को यात्रुलाई समेत देख्दैनन् । लाग्छ- दुवैजना उस्तै गतिमा हिँडेको भए बीचमा ठ्यांग ठोक्किन्छन् । अनि सडकमा दुईतर्फबाट गाडी ठोक्किएर यता र उता बजारिए जस्तै बजारिन्छन् ।

अब त्यही गल्लीमा अर्का थरिका यात्रु देखिन्छन् । जसले ती साँघुरा गल्ली पूरै ओगटेर हिँडिरहेका हुन्छन् । लाग्छ- त्यो बाटोमा अरु कोही हिँड्नै हुन्न । गल्ली साना छन् भन्ने थाहा हुँदाहुँदै पनि २-४ जनाको समूह काँधमा काँध मिलाएर हिँडिरहेका हुन्छन् । आ-आफ्नो गफमा रमाउँदै ठूलो हाँसोले भरिन्छ बाटो । कोही कानमा हेडफोन, हातमा मोबाइल लिएर गीत सुन्दै हिँडिरहन्छन् । कोही फोनमा कुरा गरे पनि सँगै बसेर कुराकानी गरेजस्तै हात फिँजाएर गफ गर्दै । अनि कोही बाटो काट्दा कुम अनि कुहिना ठोक्काउँदै हिँड्छन् । बाटो छोड्नु त कुरै छोडौँ झुक्किएर ठोक्किँदा समेत सरी भन्न भ्याउँदैनन् ।

कतिपय परैबाट अलि साइड लाग्दै हिँड्छन् । कसैले बाटोमा भगवानको सानो मूर्ति देखेपछि हात शिरमा पुर्‍याउँछन् । कतिपय छेवैमा बाइक साइड लगाएर त्यही गल्लीमा खुट्टा परसम्म तेर्स्याएर आफ्नै सुरमा बसिरहेका हुन्छन् । कोही त्यही गल्लीको बीचमा ठिङ्ग उभिएर मस्त गफ गर्नमा व्यस्त हुन्छन्, त्यही बाटो हिँड्दै आएकाहरूलाई बाटो छाड्न फुर्सद हुँदैन उनीहरूसँग ।

गल्लीलाई घरको फराकिलो आँगन सम्झेर घाम ताप्दै मिठो निन्द्रामा हुन्छन्- काेही । घामपानीबाट जोगिनका लागि छाता ओडेर हिँड्नेलाई अर्को पैदलयात्रीको वास्ता हुन्न । छाताले लागोस् कि बाटो छेकियाेस् ।

कोही डमीमा सजाएर राखिएका कपडाहरू हेर्दै हेर्दै बाटो काट्छन । चाबहिल, पुतलीसडक, बागबजार लगायतका मुख्य चाेकका गल्लीहरूबाट अग्ला अनि ठूला बिल्डिङमा आकर्षक तरिकाले डिजाइन गरी झुन्ड्याइएका होर्डिङ बोर्डतिर हेरिरहेका हुन्छन्- कतिपय चाहिँ । कतिपय त्यही गल्लीको छेवैमा बसेर पम्प्लेटहरू बाँड्नमा व्यस्त देखिन्छन् । त्यस्तो व्यस्त गल्लीमा पनि सेल्फी लिन अनि फोटो खिचाउन भ्याइसकेका हुन्छन् ।

अनि त्यही गल्लीमा मकै व्यापारी, तरकारी, चटपटे अनि पानीपुरी, फलफूल व्यापारी अनि अन्य साना व्यापारीहरू समेत अटिरहेका छन् । कतियपले त्यही साँघुरो गल्लीमा नै बाइक र स्कुटर पार्किङ गर्न राखेका हुन्छन् ।

पानीपुरी र चटपटे खान झुम्मिरहेका ग्राहकलाई वास्ता नै हुन्न अन्य पैदलयात्रुको । उनीहरू त्यही गल्लीमा गफिँदै आफ्नै धुनमा हाँस्दै खानमा व्यस्त हुन्छन् । त्यही गल्लीको छेवैमा फोहोरका डंगुर थुपारिएका छन् । एक कोश टाढासम्म गन्हाउने फोहोरको केही वास्तै नगरी जुत्ताचप्पल सिलाइरहेका हुन्छन् साना व्यवसायीहरू । मानौँ त्यहाँ कुनै महँगो ब्रान्डकाे पर्फ्युमको मीठो सुगन्ध आइरहेको छ ।

काठमाडौँका गल्लीहरू प्रायः व्यस्त नै देखिन्छन् । गल्लीमा हिँड्ने पैदलयात्रीहरू एकलाई अर्काको वास्ता छैन । मुस्किलले भिड छिचोल्दै अर्को भिड छिचोल्न हतार देखिन्छन् । गल्लीहरू साना अनि साँघुरो भए पनि त्यही गल्ली धेरैको सहारा बनिदिएको छ । धेरैलाई जीविकोपार्जन गर्नलाई सघाउ समेत पुगिरहेको छ ।

Source: koshionline.com

Tags: काठमाडौँ%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0गल्ली र पैदलयात्री%e0%a4%97%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%80-%e0%a4%b0-%e0%a4%aa%e0%a5%88%e0%a4%a6%e0%a4%b2%e0%
Previous Post

एकता खारेज गर्ने फैसलाविरूद्ध सर्वोच्च पुगे प्रचण्ड

Next Post

२४ घण्टामा एक सय ६७ मा कोरोनाकाे सङ्क्रमण पुष्टि

Related Posts

FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

मंसिर २८, २०८०
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

अशोज २४, २०७९
हिँडदाहिँड्दै

यो उत्तर जोसँग सम्बन्धित छ…

बैशाख २७, २०७९
हिँडदाहिँड्दै

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

बैशाख ९, २०७९
हिँडदाहिँड्दै

हिमालमा श्रीमान् गुमाउने महिलाकाे अठाेट : हामी पनि गर्न सक्छाैँ

फाल्गुन ६, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!