dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

तीन कम्पनिले पाए आइपिओ निष्कासन गर्ने अनुमति

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-07-30
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आइपिओ) निष्कासन गर्न विभिन्न तीन वटा कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको हो ।

साहस उर्जा कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँ अङ्कित दरमा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासनका लागि मङ्सिर २४ गते निवेदन पेश गरेको थियो ।

बोर्डले साउन १४ गते साहस उर्जालाई अनुमति दिएको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

यस्तै, न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता सय रुपैयाँ अङ्कित दरमा ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि मंसिर १० गते बोर्डमा निवेदन पेश गरेकोमा साउन ११ गते आइपिओ निष्कासनका लागि अनुमति पाएको हो ।

कम्पनीको उक्त आइपिओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता सय रुपैयाँ अङ्कित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपिओ निष्कासन गर्न निवेदन पेश गरेको हो ।

माघ ८ गते बोर्डमा निवेदन पेश गरेपछि साउन १४ गते उसले अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

Tags: आइपिओ%e0%a4%86%e0%a4%87%e0%a4%aa%e0नेपाल धितोपत्र बोर्ड%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a7%e0%a4%bf%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%a4%e0%a5%8
Previous Post

नयाँ इलेक्ट्री स्कुटर ब्राण्ड ओकिनवा नेपालमा

Next Post

थप खोप खरिदका लागि चिनियाँ सहयोग आवश्यक : अर्थमन्त्री शर्मा

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.