dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

तीन कम्पनिले पाए आइपिओ निष्कासन गर्ने अनुमति

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
साउन १५, २०७८
in समाज
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आइपिओ) निष्कासन गर्न विभिन्न तीन वटा कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको हो ।

साहस उर्जा कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँ अङ्कित दरमा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासनका लागि मङ्सिर २४ गते निवेदन पेश गरेको थियो ।

बोर्डले साउन १४ गते साहस उर्जालाई अनुमति दिएको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

यस्तै, न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता सय रुपैयाँ अङ्कित दरमा ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि मंसिर १० गते बोर्डमा निवेदन पेश गरेकोमा साउन ११ गते आइपिओ निष्कासनका लागि अनुमति पाएको हो ।

कम्पनीको उक्त आइपिओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता सय रुपैयाँ अङ्कित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपिओ निष्कासन गर्न निवेदन पेश गरेको हो ।

माघ ८ गते बोर्डमा निवेदन पेश गरेपछि साउन १४ गते उसले अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

Tags: आइपिओ%e0%a4%86%e0%a4%87%e0%a4%aa%e0नेपाल धितोपत्र बोर्ड%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a7%e0%a4%bf%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%a4%e0%a5%8
Previous Post

नयाँ इलेक्ट्री स्कुटर ब्राण्ड ओकिनवा नेपालमा

Next Post

थप खोप खरिदका लागि चिनियाँ सहयोग आवश्यक : अर्थमन्त्री शर्मा

Related Posts

FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१
समाज

६ सय पाँच जनाले लिए परामर्श सेवा

मंसिर २३, २०८१
समाज

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

मंसिर २३, २०८१
समाज

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

मंसिर ७, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!