सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको आठ वटा स्थानिय तहमध्ये सोलुदुधकुण्ड नगरपालिकामा सबै भन्दा बढि मतदाता संख्या रहेको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार नगरपालिकामा १८ हजार सातसय ९२ जना मतदाता संख्या रहेको छ ।
यस्तै खुम्बु पासाङल्हमु गाउँपालिकामा सबैभन्दा कम पाँच हजार नौ सय ५५ जना मतदाता संख्या रहेको छ ।
आठ वटै स्थानिय तहको महिला मतदाताको संख्याको तुलनामा सोलुदुधकुण्ड नगरपालिकामा सबै भन्दा धेरै र खुम्बु पासाङल्हमु गाउँपालिकामा सबैभन्दा कम मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै नगरपालिकापछि दोस्रोमा थुलुङ दुधकोशी गाउँपालिकामा १४ हजार नौ सय ३७ जना मतदाता रहेका छन भने तेस्रोमा महाकुलुङ गाउँपालिकामा १२ हजार ६ सय ९१ जना, चौथोमा माप्य दुधकोशी गाउँपालिकामा १० हजार चार सय ६८ जना, पाँचौमा नेचासल्यान गापामा १० हजार तीन सय ८६, छैटाँैमा सोताङ गापामा ६ हजार सात सय ९० जना मतदाता संख्या रहेको निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांकमा उल्लेख गरिएको छ । सबैभन्दा कम मतदाता संख्या रहेको खुम्बु पासाङ ल्हमु गाउँपालिकामा पाँच हजार नौ सय मतदाता संख्या रहेका छन ।