dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

निगुरोको साग आम्दानिको बलियो श्रोत बन्दै

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-28 - Updated on 2022-06-07
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बुका तरकारी व्यापारीहरु निगुरोको साग आम्दानिको बलियो श्रोत भएको बताउँछन । जंगलमा पाइने सागलाई बेचेर आफनो आम्दानिको स्रोत बनाइरहेको व्यापारीहरुको भनाइ छ ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माकी रीता कला सुनुवारले हप्तामा करिव दुई हजार रुपैयाँ आम्दानि हुने बताउनुहुन्छ । आफुले भनेकै भाउमा ग्राहकले किन्ने गरेको कारण सामान्य फाइदा भएको उहाँ सुनाउनुहुन्छ ।
प्रति मूठा ५० रुपैयाँमा बेच्ने गरेको सुनुवार बताउनुहुन्छ । निगुरो बेचेर आएको पैसाले घरखर्चमा सहयोग पुग्ने रीता कला सुनुवारको भनाइ छ ।
यस्तै माप्य दुधकोशी गाउँपालिकाकी डोल्मा शेर्पाले हप्तामा २० देखि २५ मुठासम्म निगुरो बेच्ने गरेको बताउनुहुन्छ । निगुरो बेचेरै हप्तामा १५ सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म आम्दानि हुने गरेको शेर्पाको भनाइ छ ।

निगुरो बेचेर आएको पैसाले छोराछोरीको लागि लत्ताकपडा देखि घरमा आवश्यक नुन तेल किन्ने गरेको उहाँ बताउनुहुन्छ ।
एक मुठा निगुरो टिप्न करीव ३ घण्टासम्म समय लाग्ने गरेको डोल्मा शेर्पा बताउनुहुन्छ ।
यता सोलुदुधुण्ड नगरपालिका ६ की अनिता राई निगुरोको साग मिठो हुने भएको कारण आफुले प्राय किन्ने गरेको सुनाउनुहुन्छ । आफुलाई मनपर्ने साथै पौष्टिकताले भरिपूर्ण भएकाले महँगो भएपनि निगुरोको साग आफनो रोजाइमा परेको उहाँको भनाइ छ ।
आफुले खेति गरेर दुख गर्नु नपर्ने भएको कारण पनि निगुरोको व्यापारले फाइदा नै भएको व्यापारीहरुको भनाइ छ । तर निगुरो खोज्नका लागि जंगल जानुपर्ने साथै जंगलमा बाघ, भालु, सर्प साथै अन्य वन्यजन्तुको डर हुने व्यापारीहरु बताउँछन ।

Tags: आम्दानिको श्रोत%e0%a4%86%e0%a4%ae%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%eनिगुरो%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a5%81व्यापारी%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0
Previous Post

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

Next Post

लैङ्गिकता र समावेशीको विषयमा रीड नेपालको जोड

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.