बिराटनगर । प्रदेश एक सरकारले भोलि आगामि आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । भोलि प्रदेशसभाबाट आगामि आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो । प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि बुधबार दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको पूर्वराज्यमन्त्री उत्तम कुमार बस्नेतले जानकारी दिनुभयो । प्रदेशसभाको १० औँ अधिवेशन को तेस्रो बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभामा सम्बोधन गर्नुभएको वार्षिक नीति तथा कार्यक्रमलाई प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले सदनमा टेबुल गर्नेछन ।