dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-26
in FEATURE, समाज
4
SHARES
Share on FacebookShare on Twitter

खुम्बु पासाङल्हामु गाउँपालिका । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले भूगोलको आधारमा बजेट विनियोजन गर्न संघ र प्रदेशलाई आग्रह गर्नुभएको छ । गाउँपालिकाको दोस्रो गाउँ सभाको १८ औँ अधिवेशनमा बोल्दै उहाँले जनसंख्याको आधारमा नभएर भूगोलको आधारमा बजेट विनियोजन गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष शेर्पाले गाउँसभाको उद्धघाटन शत्रलाई सम्बोधन गर्दै संघ र प्रदेशले जनसंख्यालाई मुख्य आधार मानी बजेट विनियोजन गर्ने भएकाले विकट र सडकको पहुँचमार्गबाट टाढा रहेको खुम्बु क्षेत्रका लागि बजेट पर्याप्त नहुने भएकाले भूगोलको आधारमा बजेट विनियोजन गर्न माग गर्नुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिका भौगोलिक हिसाबले नेपालको पाँचौ ठुलो स्थानीय तह भएकाले बजेट विनियोजनमा सङ्घ र प्रदेशको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।

खुम्बुमा रहेका नौ हजार जनसंख्यालाई मात्र आधार बनाएर बजेट आउने गरेको उहाँको भनाई छ । सोहि बजेटबाट खुम्बु क्षेत्रमा वार्षिक ६० हजार जना पर्यटक, भरिया, सहयोगी कामदार लगायत अन्य गरी करीब एक लाख जनालाई सेवा प्रवाह गर्नुपर्ने भएकाले सो बजेट पर्याप्त नहुने भएकाले विशेष अनुदान उपलब्ध गराउन अध्यक्ष शेर्पाको आग्रह छ ।

कोशी प्रदेशले खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेतापनि सोहि अनुसारको विकासका कार्यमा सघाउ पुरयाउने किसीमको बजेट विनियोजन नगरेको भन्दै गुनासो गर्नुभयो । उहाँले संघ र प्रदेशले खुम्बु क्षेत्रको पर्यटन विकासमा उपेक्षा गरेको भन्दै आगामी दिनमा विशेष जोड दिन आग्रह गर्नुभयो ।

खुम्बु क्षेत्रको सगरमाथा लगायत अन्य हिमालहरुबाट संकलन भएको पर्वताराहण शुल्क बापतको राजश्व संघलाई ५० प्रतिशत, प्रदेश र स्थानीय सरकारलाई २५/२५ प्रतिशतको दरले वितरण हुने भएतापनि सोहि अनुपातमा संघ र प्रदेशले यस क्षेत्रको विकासमा बजेट विनियोजन नगरेको उहाँको आरोप छ ।

खुम्बु क्षेत्रको विकासका लागि स्थानीय सरकारको मात्र बजेट पर्याप्त नहुने भएकाले विकासे योजनाहरुको लागि संघ र प्रदेशले विशेष अनुदान उपलब्ध गराइ सगरमाथाको गरीमा अन्र्तराष्ट्रिय स्तरमा पुरयाउन संघ र प्रदेशलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाको शिक्षा, स्वास्थ्य, पर्यटन विकास लगायतका कार्यमा विभिन्न दातृनिकायको सहयोगले गाउँपालिकाको विकास तथा सेवा प्रवाहमा महत्वपूर्ण टेवा पुगेको भन्दै सहयोगी सम्पूर्ण संघ संस्थाहरुलाई धन्यवाद व्यत्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।

गाउँपालिकाभित्र रहेको विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले प्रवाह गर्दै आएको सेवाहरु सहज सरल र नागरीकमैत्री हुनुपर्ने बताउँदै सरकारी कार्यालय, सम्पूर्ण सरोकारवाला निकाय र गाउँपालिकाबिच सहकार्य र समन्वय मजबुद हुनुपर्ने उल्लेख गर्नुभयो ।

कुल बजेटमध्ये सङ्घबाट ५१ करोड चार हजार आठ सय १७ रुपैयाँ र प्रदेशबाट दुई करोड ८२ लाख ४० हजार अर्थात् २.५८ प्रतिशत बजेट गाउँपालिकाको लागि आएको खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो । उहाँका अनुसार खुम्बुमा आन्तरिक आयबाट ४० करोड २७ लाख ७१ हजार एक सय ८३ पैसा अर्थात् ४२.८० प्रतिशत रहेको छ ।

खुम्बुले पँुजिगततर्फ ६१ करोड ६९ लाख १८ हजार र चालुतर्फ ३२ करोड ४० लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा सुर्केदेखि गाउँपालिका केन्द्र चौरीखर्कसम्म ट्र्याक ओपन गर्ने गाउँपालिकाको लक्ष्य छ । सुर्के–चौरीखर्क ट्र्याक ओपन र ‘ङिम दोर्जी शेर्पा पर्यटन सडक’ स्तरोन्नतिका लागी कुल बजेटको १३ करोड ४० लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

यस्तै यस वर्ष गाउँपालिकाले सडक, पर्यटन पूर्वाधार, खानेपानी, विद्युत्, फोहोर मैला व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ ।

 

Tags: खुम्बुबजेटविनियोजन
Previous Post

रक्षा मन्त्री राईद्धारा सोलुखुम्बुको लागि एक अर्ब बढी बजेट विनियोजन

Next Post

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.