dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-26
in समाज
6
SHARES
Share on FacebookShare on Twitter

खुम्बु पासाङल्हामु गाउँपालिका । खुम्बु पासाङल्हामु गाउँपालिकाले तीन उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । असार १० गते सम्पन्न गाउँपालिकाको गाउँ सभाको १८ औँ अधिवेशनको अवसरमा कार्यसम्पादनका आधारमा उत्कृष्ट तीन जना कर्मचारीहरूलाई पुरस्कृत गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको स्वास्थ्य संयोजक अर्थि माया तामाङ, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यरत सब-इन्जिनियर रवीन्द्रनाथ राम र एमआइएस फिल्ड सहायक हाल वडा नम्बर ४ को वडा सचिवको रुपमा कार्यरत दावा गेल्जे शेर्पालाई गाउँपालिकाको १८ औँ गाउँ सभाको अवसरमा सम्मान गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी सुजन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतम, वडा नम्बर २ का वडा अध्यक्ष आङ फूर्वा शेर्पाको विशेष उपस्थितिमा सम्मान गरिएको जनाइएको छ ।

उहाँका अनुसार पुरस्कृत तीनै जना कर्मचारीहरूलाई ५० हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।

पुरस्कृत उत्कृष्ट कर्मचारी गाउँपालिकाको स्वास्थ्य संयोजकको रुपमा कार्यरत अर्थि माया तामाङ ७ वर्षदेखि कार्यरत हुनुहुन्छ भने सब इन्जिनियर रवीन्द्रनाथ राम र एमआइएस फिल्ड सहायक दावा गेल्जे शेर्पा ६ वर्षदेखि गाउँपालिकामा कार्यरत हुनुहुन्छ ।

उत्कृष्ट तीनै जना कर्मचारीहरूले गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाहमा सहज र सरल रूपमा सहकार्य गर्दै निरन्तर नागरिकमैत्री सेवामा लागिरहने प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य संयोजक अर्थी माया तामाङलाई २०७८ असार १० गते सम्पन्न सातौँ अधिवेशनको अवसरमा सर्वोत्कृष्ट कर्मचारीको रुपमा गाउँपालिकाले सम्मानीत गरेको थियो । कोभिड महामारी नियन्त्रणमा गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन र योगदानको कदर गर्दै एक लाख ५० हजार नगद र प्रमाण पत्र सहित पुरस्कृत एवं सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

 

Tags: उत्कृष्ट कर्मचारी
Previous Post

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

Next Post

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.