dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बुको पर्यटन शुल्क १५ करोड रुपैयाँ बढी

Dudhkoshi Online by Dudhkoshi Online
2025-07-18
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत एक वर्षमा १५ करोड रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२  मा पर्यटन शुल्क बापत १५ करोड ५० लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा १० करोड ३६ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०८०–८१ मा ११ करोड तीन लाख ४६ हजार रुपियाँ पर्यटन शुल्क बापतको राजस्व सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो ।

तीन आर्थिक वर्षको पर्यटन शुल्क तुलना गर्दा आर्थिक वर्ष २०८१–८२ मा गाउँपालिकाले सबैभन्दा बढी पर्यटन शुल्क बापतको राजस्व सङ्कलन गरेको छ । सार्क राष्ट्र बाहेकका पर्यटकबाट आर्थिक वर्ष २०८१–८२ देखि प्रतिव्यक्ति तीन हजार रुपियाँ पर्यटन शुल्क लिने गरिएकाले राजस्व रकममा बढी देखिएको लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो ।

पर्यटन शुल्क बापत सङ्कलन भएको रकम पर्यटन पूर्वाधार विकासका साथै पर्यटकको स्वास्थ्य सेवाका लागि खर्च गरिने खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताउनुभयो । उहाँका अनुसार यसै वर्ष पालिकाको विभिन्न स्थानमा इमर्जेन्सी सेल्टर निर्माण गरिने गाउँपालिकाको योजना छ ।

पर्यटकको सुविधाका लागि पर्यटन पदमार्ग निर्माण गर्न चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ । लुक्ला शुल्क सङ्कलन केन्द्र, जोर सल्ले शुल्क सङ्कलन केन्द्र र लुक्ला हेलिप्याड गरी तीन वटा केन्द्रबाट पर्यटक खुम्बु क्षेत्रको सगरमाथा आधार शिविर, थामे उपत्यका, गोक्यो उपत्यका र खुम्बु उपत्यका भ्रमण गर्न विभिन्न मुलुकबाट पर्यटक आउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।

सार्क राष्ट्र र चीनका पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपियाँ र सार्क बाहेकका अन्य मुलुकका पर्यटकबाट प्रतिव्यक्ति तीन हजार रुपियाँ पर्यटन शुल्क लिने गरिएको गाउँपालिकाले जनाएको छ ।

Previous Post

आज असार १५ धान दिवस मनाइँदै

Next Post

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा ६ वर्ष यताकै उच्च राजश्व संकलन

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.