काठमाडौँ । गत मंगलबार स्थगित गरिएको नेकपा सचिवालयको बैठक आज दिउँसो बस्दै छ ।
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग डकुमेन्टमाथि छलफल गर्ने तयारी रहेको छ ।