dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

प्रिय सोलु एफ. एम., फर्केर आउँछौ नि है…

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-04 - Updated on 2021-05-21
in FEATURE, हिँडदाहिँड्दै
Share on FacebookShare on Twitter

प्रिय सोलु एफ. एम.,
सबैको आवाज सोलु एफ. एम. ।
फाल्गुन १६ गते बेलुकी ११ बजेसम्म सबैको घर घरमा सूचना दिदै मनोरञ्जन प्रदान गरेर करीव ५ घण्टा समयको लागि विश्राम लिएका थियौ । तर केही समयपश्चात नै तिम्रो विश्राम भंग गरेर तिमीलाई अन्त्य गर्ने प्रयास कसले गर्यो होला । त्यो रात तिमी धेरै रोएका थियौ । पीडाले छटपटाएका थियौ । थाहा छ मलाई, तिमीलाई साह्रै गाह्रो भइरहेको छ ।

प्रिय सोलु एफ.एम.
गाउँघरमा किसानहरुको लागि मेलापातको साथि बनिदिएका थियौ तिमी । अनि विद्यार्थीहरुको लागि ज्ञान लिने माध्यम, बृद्धबृद्धाहरुको लागि सहारा जस्तै अनि अन्य शिक्षित वर्गको लागि समाचारको साथै सूचनाको स्रोत थियौ तिमी । हरेक वर्गको लागि एक बलियो सञ्चार माध्यम तिमी । सबैको सुख अनि दुखको साथि ।

बिहानी ओपनिङमा बज्ने एनि लै लै, होनि लै लै सोलु एफ एम यो सँगै बज्ने राष्ट्रिय गान सँगसँगै सोलु एफको दैनिकि शुरु हुन्छ । यो सँगै शान्त संगित, भजन, प्रवचन, पंञ्चांग, रासिफल, शुभकामना आदानप्रदान हुने कार्यक्रम शुभवचनबाट सोलु एफका श्रोताहरुको पनि दिनको शुरुवात हुन्थ्यो । त्यसपश्चात बुलेकी ११ बजेसम्म दैनिक रुपमा फरक फरक विषयमा प्रशारण हुने शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु, समाचार, सामाजिक सन्देशसँगै सबैको घरमा गुन्जीथ्यो सोलु एफ एम ।

प्रिय सोलु एफ.एम.,
म स्कूल पढ्दादेखि नै तिमी मेरो साथि बनेका थियौ । म जता जता जान्थे तिमीसँगै जाने गर्थेँ । तिमीले मलाई नराम्रो कुरा कहिल्यै पनि सिकाएनौ । सधैँ राम्रा कुरा मात्र सिकायौ । त्यसैले त तिमी म जस्तै हजारौँ अनि लाखौँ श्रोताको प्रिय सोलु एफ एम ।
पहिला श्रोताको रुपमा मात्र सुन्न पाएकी थिएँ । बिस्तारै रेडियोमा प्रश्तोता भएर काम गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने जिज्ञासा अनि कौतुहलता बढ्न थाल्यो ।

२०७१ सालको असार महिनादेखि सोलु एफ कै एक कर्मचारी बनेर काम गर्ने अवसर मिल्यो । खुशीको सीमा नै रहेन । बिस्तारै काम गर्दै जाने क्रममा गाह्रो अप्ठ्यारो नआएका पनि होइनन । तर गाह्रो अप्ठ्यारोसँग सामना गर्ने साहस पनि तिमीले नै दियौ ।
असार महिनाबाट रेडियो जोइन भएकी म, भदौ महिनाको पहिलो हप्ताको बिहीबार साँझ ५ बजेको हालचाल पश्चात नयाँ कार्यक्रम ह्यापी म्यासेजबाट अन एअर हुँदै रेडियोमा बोल्न शुरुवात गरेकी थियँ । अरु बेला रीपोर्ट अनि सूचनाहरु मात्रै रेकर्ड गरेकी मैले अन एअरबाट कार्यक्रम सञ्चालन गर्दा निकै नै डराएकी थियँ ।

जन्मिएपश्चात पहिलो बोलि मलाई बुबा र आमाले सीकाउनुभएको थियो । बुबाआमाले सीकाउनुभएको ती बोलीहरुमा अझ स्पष्टता, नीडर र शुद्धता ल्याउन साथै आवाजमा मिठास हुनुपर्छ है भनेर सीकाउने सोलु एफ एम । सबल अनि सक्षम बन्नका लागि मेहनत अनि निरन्तरता आवश्यक छ भनेर सिकाउने तिमी । सफलता मिलोस या नमिलोस निरन्तर कर्म गर्न सिकाउने तिमी ।
तिमीले मलाई साथि अनि गुरु बनेर धेरै कुरा सिकाएका छौ । तिमीले सिकाएको ज्ञान अनि सीपलाई कहिल्यै पनि बिर्सने छैन ।

प्रिय सोलु एफ. एम.,
भावनात्मक सम्बन्ध कति प्रगाढ अनि सुमधुर हुन्छ है । छाडेर जाँदा होस या जतिसुकै टाढा नै किन नहोस, माया त्यतिकै प्रगाढ हुने अनि सम्झना ताजै रहने । अन एअर । जहाँभित्र रहेको कुर्सीमा बसेर हेडफोन लगाएर प्राविधिक कक्षमा रहेका प्राविधिकले संकेत गरेपश्चात कार्यक्रम सञ्चालन गरेको यादहरु ताजै छन । अनि रेकर्डिङ स्टुडियो । कहिलेकाँही घण्टौँ लगाएर कार्यक्रम तयार पार्ने गर्थेँ । डेस्कटपभित्र फोल्डर बनाएर सेभ गरिएका पुराना कार्यक्रमहरु । भवन जलेसँगै सबै कुराहरु जलेर खरानि भए ।

फाल्गुन १७ गते बिहान मोबाइलको भाइब्रेसनले निद्रा खुलेको थियो । पूर्वसहकर्मी पशि शेर्पाले म्यासेन्जरमा कल गरेकी थिइन । कल रिसिभ गरेँ । उनले सोलु एफ एममा आगलागि भएछ थाहा पाउनुभयो भन्दै सोधिन । पत्याउने की नपत्याउने उनका कुरा । पत्याउन भन्दा विश्वास लाग्ने कुरा नै थिएन नपत्याउ त उसले मलाई कहिल्यै झुटो कुरा गर्दिन थिइन । हत्तपत्त फेसबुक खोलेर हेर्नसाथ मनोज श्रेष्ठ दाईको पोष्ट देखे । साह्रै दुख लाग्यो । त्यसपछि सोलु एफ एम सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण दाई, मनोज श्रेष्ठ दाई अनि कार्यकारी निर्देशक नुतन दाईलाई सम्झे । उहाँहरुले सधैँ सोलु एफ एममा कसले कति योगदान पुर्याएको छ अनि सोलु एफ एम आज यहाँसम्म ल्याउनको लागि गरेको संघर्ष अनि अब रेडियोलाई कसरी थप उचाइमा पुर्याउन सकिन्छ होला लगायतका विषयमा चीन्ता लिईरहनुहुन्थ्यो ।

प्रिय सोलु एफ. एम.,
मनोरञ्जन सँगै सूचनाले सूसचित भइरहेका श्रोताहरु आज न्यास्रो मानिरहेका छन् । बिहान मिर्मिरेदेखि बेलुकीसम्म तिम्रो साथमा रमाइरहेका ती प्यारो मनहरु आज दुखित छन । तिमीभित्र आफनो भविष्य छ भनेर सपना सजाएका अनि तिमीले ती सपनाहरु पूरा गर्दिछौ होला सोचेर बसेका हजारौँ युवाहरु तिम्रो पुनरागमनलाई कुरिरहेका छन् । सोलु एफ एमबाट सञ्चार क्षेत्रमा स्थापित सबैको मनमा चोट पुगेको छ ।

गाउँघर अनि देश विदेशमा रहनुभएका लाखौँ शुभचिन्तकहरुले तिमीप्रति गहिरो सहानुभूति जनाइरहेका छन । थाहा छ मलाई खरानि भएको सोलु एफ एमलाई सहानुभूतिले केही पीडाहरु सहने शत्ति मिल्छ तर अहिले सहयोगको नै बढि खाँचो छ । त्यसैले सहानुभूति सँगै सहयोगको हात अगाढि बढाउन सकेमा सोलु एफ एम पुनः पहिलाको अवस्थामा फर्किनेछ । अनि फेरि गाउँघर, मेलापात अनि सहरबजारमा गुन्जदै तपाई हामी सबैको बिहान र्मिमिरेदेखि बेलुकीसम्मको साथि बनेर साथ दिनेछ । साथ दिनुहुन्छ नि हैन ।

प्रिय सोलु एफ. एम.,
सबैको आवाजलाई समेट्दै उज्वल भविष्यको लागि कामना गर्ने तिमी । कसैलाई भएको अन्यायप्रति वकालत गर्दै न्यायको लागि पहलकदमि गर्ने तिमी । स्वतन्त्र अनि निष्पक्ष रुपमा नागरिककोे आवाज समेटेर निडरताको साथ समुदायको हितमा आवाज उठाइदिने गाउँघरको आवाज तिमी । पक्कै पनि भग्नावशेषको रुपमा मात्रै रहिरहने छैनौ । तिम्रो पुनरागमन हुनेछ । तिम्रो त्यो पुनरागमनलाई जोडदार तालिका साथ स्वागत गर्न हामी सबैजना आत्तुर छौँ । फर्केर आउँछौ नि है ।

तिम्रो पुनरागमनको पर्खाइमा बसीरहेकी
पूर्व प्रश्तोता गार्डेन राई ।

Tags: solu fmsolukhumbu
Previous Post

म्यानमारमा सेनाको आक्रमणबाट एकैदिन ३८ प्रदर्शनकारी मारिए

Next Post

कोरोना भाइरसविरुद्धको खोप अस्ट्रेलिया पठाउन रोक

Related Posts

FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

2025-06-29
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

2025-06-26
FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

2023-12-14
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

2022-11-09
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

2022-10-10
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

2022-10-08 - Updated on 2022-11-07

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.