dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

करियर बनाउने उमेरमा चार बच्चाकाे जिम्मेवारी एक्लाे काँधमा

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-14 - Updated on 2021-04-27
in हिँडदाहिँड्दै
4
SHARES
Share on FacebookShare on Twitter

गार्डेन राई । काठमाडाैँ । करिब ३५ वर्षभन्दा माथि उमेरकी देखिने सुनिता खड्काकाे वास्तविक उमेर भने भर्खर २९ वर्ष मात्र भयाे । स्थायी घर सिन्धुली भए पनि विगत १४ वर्षदेखि काठमाडौँको पुरानो बानेश्वरमा बस्दै आएकी उनकाे जीवन व्यथाले आमनेपाली महिलाकाे अवस्था दर्शाउँछ ।

जीवन धान्नकै लागि अर्काकाे घरघर गएर मसाज सेवा दिँदै आएकी सुनिता विगत पाँच वर्षदेखि डिप्रेसनकाे औषधि सेवन गरिरहेकी छिन् ।

उनलाई देख्नेहरूले कुरैकुरामा उमेर साेध्छन्- तपाईं ४० वर्ष पुग्नुभयाे ? उनी भन्छिन्, ‘मलाई सबैले ४० वर्ष पुगेकाे हाेला भन्नुहुन्छ । तर घर अनि बच्चाहरूको पीरले मलाई आफ्नो उमेरभन्दा अलि पाको बनायो ।’

उनकाे शरीर र अनुहारकाे रूपरेखाअनुसार मात्रै पाकाे देखिएकी छैनन्, घरव्यवहारले थिचिएपछि उनकाे व्यवहार पनि पाकाे नै भइसकेकाे छ ।

सानै उमेरमा बिहे अनि लगत्तै आमा बन्नु आफैँमा एउटा समस्या हाे । त्यसमाथि घरपरिवारकाे आर्थिक बाेझ पनि आफ्नै थाप्लाेमा आइपर्दा कति पीडादायी बन्छ जीवन, सहजै अनुमान लगाउन सकिन्छ ।

स्कुल गएर पढ्ने उमेरमै उनकाे बिहे भयाे । १५ वर्षकै उमेरमा आमा बनिन् उनी । जेनतेन जीवन गुजारा गर्दै गरेका बेला उनका श्रीमानकाे मृत्यु भयाे । ‘नियतिको खेल हो कि मेरो दुर्भाग्य, श्रीमानको पनि चाँडै मृत्यु भयो’, उनले भनिन् ।

उनी भन्छिन्, ‘ जन्डिस लागेर श्रीमान बितेको ५ वर्ष भयो । राम्रो उपचार गर्न नसकेपछि २९ वर्षको उमेरमै श्रीमान बित्नुभयो ।’

श्रीमान् र उनीबीच पाँच वर्षको मात्र फरक छ । श्रीमान् बित्दा उनी २४ वर्षी थिइन् । अहिलेकाे समयमा २४ वर्षका युवतीहरू भर्खर पढाइ सकेर करियर बनाउनतिर ध्यान दिँदै हुन्छन् । तर सुनिता भने बच्चा र घर धान्नुपर्ने अवस्थामा पुगिन् । त्याे पनि एकल महिलाका रूपमा ।

श्रीमानको मृत्युपश्चात सबै जिम्मेवारी उनकाे एक्लो काँधमा आइलाग्यो । दुःखसुखमा साथ दिने श्रीमानको मृत्युले दैनिकी असहज अनि कठिन हुन थाल्यो । छोराछोरी सानै उमेरमा बुबाको मायाबाट अलग्गिनुपर्‍याे ।

श्रीमानकाे मृत्युपछि केही समय त घरपरिवार र आफन्तले सहयाेग नै गरे । तर सधैँ कहा अर्काकाे भरमा बसेर सम्भव हुन्थ्याे र !

‘उहाँ बितेको केही समय घरपरिवार आफन्तबाट सहयोग पाए पनि सहयोगले जिन्दगी चल्दैन रहेछ, जीवन चलाउन आफैले आँट गर्नुपर्ने रहेछ भन्ने बुझेँ’, उनी भन्छिन्, ‘मनमा जतिसुकै पीडा भए पनि अनुहारमा फुस्रो हाँसो नै भए पनि देखाउनुपर्ने ।’

समाजमा अहिले पनि एकल महिलालाई हेर्ने साेच नकारात्मक नै भएकाे उनकाे बुझाइ छ ।

उनी भन्छिन्, ‘समाजले एकल महिलालाई हेर्ने दृष्टिकोण पूरै परिवर्तन भएको छैन । जसले गर्दा मलाई पनि असहज हुन्छ । अगाडि सान्त्वना दिए पनि पछाडि केही नराम्रो भन्लान् कि भन्ने डर लाग्छ ।’

श्रीमानको मृत्युको शोकले डिप्रेसनमा पुगेकी सुनिताले सन्तानको भविष्य सम्झेर आफ्नो मनलाई बलियो बनाइन् । श्रीमान् बितेदेखि नै डाक्टरको सल्लाहमा डिप्रेसनको औषधि लगातार रुपमा लिइरहेको उनी बताउँछिन् ।
‘श्रीमानले मिस्त्री काम गरेर दिनको आठ/नौ सय रुपैयाँ कमाएर ल्याउने गर्थे’, उनले भनिन्, ‘आफन्तको सिफारिसमा म पनि बानेश्वरको ‘नेचुरल हस्पिटलमा’ मसाज गर्ने काम गर्थेँ । मासिक १० हजार कमाउँथेँ । बच्चासँग धाउन गाह्रो भयो, एक वर्षपछि काम छोडिदिएँ ।’

नेचुरल हस्पिटलमा काम छाडेपछि घरघरमा पुगेर मसाज गर्न सुरु गरिन् उनले । सुनिता मसाज गरिदिनका लागि बानेश्वरको बिजुलीबजार, थापागाँउ र गौशालासम्म पुग्ने गर्छिन् । मसाज गरेर उनले मासिक १५ हजार रुपैँया जति कमाइ गर्छिन् ।

एक जनालाई मसाज गरेको तीन सय रुपैयाँदेखि माथि लिने गरेको उनको भनाइ छ ।

‘श्रीमान् हुँदा दुई जनाको कमाइले घरपरिवार चलाउन सहजै हुन्थ्यो । तर उहाँको मृत्युपछि म एक्लैको कमाइ अनि काठमाडौँ जस्तो ठाउँमा, सम्झिँदा पनि… सास रोकिन्छ’, उनी भन्छिन्, ‘अनपढ भएपछि काम गर्ने नै यस्तै रहेछ । चिनेजानकाले फोन गरेर बोलाउँछन् । कहिले बिहान, दिउँसो अनि नजिकमा साँझमा जान्छु ।’

किन नपढ्नुभएको भन्ने प्रश्नमा उनी गाउँमा हुँदा स्कुल गएको तर होमवर्क नगरेपछि सरको गाली खानुपरेकाले स्कुल नै छाडेको बताउँछिन् । उनी भन्छिन्, ‘पढ्नुपर्छ भनेर हौसला दिने कोही थिएनन्, पछि त्यत्तिकै घरपरिवारले बिहे गरिदिए ।’

पुरानो बानेश्वरस्थित भीमसेनगोला माध्यमिक विद्यालयमा छोराछोरीहरू अध्ययन गर्दै छन् उनका । १३ वर्षकी जेठी छोरी बल्ल कक्षा ५ मा पढ्छिन । माइली २ कक्षामा र कान्छी छोरी र छोरा कक्षा १ मा पढ्दै गरेकाे उनले बताइन् ।

उनी भन्छिन्, ‘राम्रो स्कुलमा पढाएर ठूलाे पदको जागिर गरून् भन्ने लाग्छ । तर त्यति महँगो स्कुलमा पढाउने मेरो हैसियत नै कहाँ छ र ! सरकारी स्कुलमा जेनतेन पढाउँदै छु ।’

मसाज गरी आएको पैसाले बिहानबेलुकी छाक टार्न, कोठा भाडा तिर्नमै ठिक्क हुने गरेको सुनिता बताउँछिन् । भन्छिन्, ‘कोठाभाडा तिर्न ढिला हुनसाथ घरबेटीको गाली खानुपर्छ । बचतको कुरै छाडौँ, बच्चाहरूको रहरका कुराहरू किन्न गाह्रो छ ।’

अरूको दुखेको शरीर मसाज गरेर सञ्चो बनाए पनि आफूलाई साह्रोगाह्रो पर्दा एक्लै हुन्छिन् उनी । आफ्नाे दैनिकी चलाउन र बालबच्चाकाे शिक्षादीक्षाका लागि अरूको घरमा कपडा धुने, मसाज गरिदिने लगायत काम गर्दै आएकी उनी बाँकी जीवन पनि यसरी नै बित्छ भन्नेमा छिन् ।

‘नानीहरू सानै छन्, हुर्केर आ–आफ्नो गरिखाने हुन मात्र सके मलाई धेरै सजिलो हुने थियो’, उनी भन्छिन्, ‘राम्रो स्कुलमा पढाउन सक्दिनँ, सरकारी स्कुलमै पढे पनि आफ्नो खुट्टामा उभिन सके मलाई सन्तुष्टि मिल्थ्यो ।’

श्रीमानको मृत्युपश्चात एक्लै संघर्ष गरिरहेकी सुनिताका ठूला सपना छैनन् । कमै बोल्न रुचाउने अनि मनका पीडाहरू आफैँभित्र होस् भन्ने लाग्छ उनलाई । छोराछोरीले आफ्नो खुट्टामा उभिएको हेर्ने साथै एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन होस् भन्ने चाहन्छिन् उनी ।

Previous Post

शुभकामना आदानप्रदान गरि नयाँ वर्ष मनाइदै

Next Post

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

Related Posts

FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

2023-12-14
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

2022-11-09
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

2022-10-10
हिँडदाहिँड्दै

यो उत्तर जोसँग सम्बन्धित छ…

2022-05-10 - Updated on 2022-05-11
हिँडदाहिँड्दै

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

2022-04-22 - Updated on 2022-05-02
हिँडदाहिँड्दै

हिमालमा श्रीमान् गुमाउने महिलाकाे अठाेट : हामी पनि गर्न सक्छाैँ

2022-02-18 - Updated on 2022-04-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.