dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

देशको नाम विश्वसामु चिनाउनेलाई राज्यले चिनेन : हिमाल आरोही किताबसिंह तामाङ

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-22 - Updated on 2021-04-27
in FEATURE, हिँडदाहिँड्दै
Share on FacebookShare on Twitter

गार्डेन राई । काठमाडौँ । आर्थिक अभावका कारण थुलुङ दूधकोसी गाउँपालिका-७ सोलुखुम्बूका किताबसिंह तामाङको किताब पढ्ने रहर नाममा मात्र सीमित रहन पुग्यो । कक्षा नौमा पढ्दापढ्दै उहाँ पैसा कमाउन लुक्लातिर लाग्नुभयो । पढेर केही गर्छु भन्ने सपना सपनामै सीमित भयो ।

लुक्लातिर काम गर्दागर्दै गाउँकै एक जना मामाले ट्रेकिङमा भरिया काम गर्न बोलाए । त्यसपश्चात् खुसी हुँदै मामाले भनेको काम सुरु गरे ।

मामाले ट्रेकिङमा भरिया काम मिलाइदिएपछि किताबसिंह तामाङको हिमाल यात्रा सुरु भयो । भरिया बनेर गह्रौँ सामानका भारी बोकेर धेरै ठाउँ पुगेको किताबसिंह बताउनुहुन्छ ।

भरिया भएर विदेशी नागरिकको सामान बोक्दै गर्दा आफू पनि हिमाल चढेको मीठामीठा सपना बुन्दै उकाली-ओराली गर्थे । त्यो क्रममा उहाँले सपनामात्र देख्नुभएन, एक दिन सगरमाथाको चुचुरोमा पुगेर देशको नाम चम्काउनेछु भन्ने दृढ संकल्पका साथ सङ्घर्ष गरिरहे ।

पाँच वर्ष भरिया बनेर काम गरेपछि उहाँको बढुवा भयो । बढुवा अर्थात् भरियाबाट उहाँको परिचय सहयोगी भयो । त्यसपश्चात पोस्टिङ हुँदै फेरि अर्को पाँच वर्ष कुक काम गरे । काम गर्दागर्दै शेर्पाबाटै असिस्टेन्ट गाइड बनेर पाँच वर्ष काम गरेपछि फेरि ट्रेकिङ गाइडमा पाँच वर्ष काम गर्दै माउन्टेन गाइड बनेर आठ वर्ष काम गर्ने अवसर पाए ।

भरिया भएर भारी बोक्दै देखेको सपना पूरा गर्न उहाँ कम्मर कसेर लागिपर्नुभएको थियो ।

सन् २००७ मा युकेका सात र तीन जना नेपालीसहित १० जना आरोहीको यात्रा मेरा पिकका लागि सुरु भयो । सोही टोलीमा सहभागी थिए– किताबसिंह पनि । ६ हजार चार सय ७६ मिटर अग्लो मेरा पिक चढ्नका लागि १० जनाले यात्रा तय गरेकामा दुई विदेशी नागरिक हाइ अल्टिच्युडका कारण बीच बाटोबाटै फर्किनुपर्‍यो । तर तामाङसहित अन्य बाँकी आठ जना भने कष्टसाथ चुचुरोमा पुग्न सफल भए ।

चुचुरोमा १५ मिनेट रहेर जिल्लाका अन्य भेगहरू नियाल्दै गर्दा खुसीले मन उथलपुथल भएको उहाँ सम्झनुहुन्छ। पहिला हिमाललाई टाढाबाट मात्र देखेको तर हिमालकै चुचुरोमा पुगेर पाइला राख्दा सपनाजस्तो लागेको अनुभव छ उहाँसँग ।

‘मेरा पिकबाट सोलुखुम्बूको काँगेल विमानस्थल, लुक्ला विमानस्थल अनि अन्य खुला दृश्यहरू देख्न पाउँदा मन साँच्चै नै रमाएको थियो’, उहाँ प्रफुल्ल मुद्रामा भन्नुहुन्छ।

एकअर्कामा खुसी साट्दै फोेटो खिचेर फर्किंदै गर्दा बीच बाटोमा के हुने हो भन्ने डरभन्दा पनि भरिया हुँदा देखेको सपना पूरा भएको सम्झेर हर्षका आँसु झरेको उहाँ बताउनुहुन्छ ।

पहिलो अनुभवले अझ अन्य हिमाल पनि आरोहण गर्न सक्छु भन्ने आँट अनि हौसला मिल्यो उहाँलाई । सन् २००८ मा मनाङस्थित ६ हजार एक सय ८० मिटर उचाइ भएको रसचुली हिमाल आरोहण गर्न सफल हुनुभयो ।

रसचुलीको सफल आरोहणपछि किताबसिंहले सोलुखुम्बू जिल्लास्थित विश्वकै खतरापूर्ण हिमाल भनेर चिनिने सात हजार पाँच सय ८० मिटर उचाइको आमादब्लम हिमाल पनि सन् २००८ मा नै सफल आरोहण गर्नुभयो।

पहिलो पटक आरोहण गरेको मेरा पिकले दिएको हौसलाले अन्य हिमाल चढ्न सफल भएको, रसचुली र आमादब्लमको सफल आरोहणपछि झन् आत्मविश्वास थपिएको र जीवनभर हिमाल आरोहण गरिरहन्छु भन्ने अठोटका साथ अन्य हिमाल आरोहण सुरु गरेको सुनाउनुहुन्छ।

यसैगरी, उहाँले सर्वोच्च शिखर सगरमाथा पाँच पटक सफल आरोहण गरिसक्नुभएको छ । उहाँले पहिलो पटक सन् २००९ मा उत्तरी दिशाबाट सगरमाथा चढ्नुभएको थियो भने सन् २०१३, २०१६, २०१७ र २०१८ मा लगातार गरी पाँच पटकसम्म सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

अन्य हिमाल आरोहण गर्दा र माउन्ट एभरेस्ट ९सगरमाथा० आरोहण गर्दा खासै फरक अनुभव नभए पनि सर्वोच्च शिखर आरोहण गर्दा गर्वले छाती फुलेको थियो रे उहाँको ।

सगरमाथा आरोहणपछि पनि उहाँको हिमाल यात्रा रोकिएन । उहाँले मनास्लु हिमाल पनि पाँच पटकसम्म सफल आरोहण गरिसक्नुभएको छ ।

आठ हजार एक सय ६३ मिटर उचाइको छोयु हिमाल चढेर सोही सिजनमा ३० दिनको अन्तरमै चिसापाङमा हिमाल आरोहण गर्नुभयो ।

सन् २०१३ मा उहाँ सम्मिलित तीन नेपाली र तीन जापानिज नागरिकको टोलीले ताप्लेजुङस्थित सात हजार पाँच सय ६३ मिटर उचाइको जनकचुली हिमालको सफल आरोहण गर्‍यो ।

यस्तै सन् २०१९ मा ग्रेट हिमालयन ट्रेल अर्थात् मेची–महाकाली अभियानअन्तर्गत ताप्लेजुङबाट सुरु भई मुगु जिल्लासम्म १७ हजार किलोमिटर लम्बाइको यात्रा सय दिनमा पूरा गरेको उहाँ बताउँनुहुन्छ। ३४ जिल्लाका ५८ वटा पिक पास गर्नुपर्ने कारण यात्रा कष्टकर भए पनि अविस्मरणीय अनुभव लिन पाउनुभयो।


सन् २०११ मा अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा हावाहुरीका कारण हिउँले बाटो पुरिदिएपछि बाटो पत्ता लगाउन समस्या भयो । बाटो पत्ता लगाउन २८ घण्टा लागेको र त्यो समयसम्म भोको रहेर बाटोको खोजी गरेको तीतो अनुभव पनि छ उहाँसँग ।

यस्तै एकपटक १७ दिनसम्म केही नखाइ हिँड्नुपरेको सम्झँदा उहाँलाई अहिले पनि कहाली लाग्छ ।

हिमाल चढ्ने पेसा शेर्पा जातिहरूको हो भनेर चिनिने भएकाले अन्य जातिलाई खासै वास्ता र प्राथमिकतामा नराखिएका कारण आफूलाई पनि निकै नै समस्या भएको तामाङको गुनासो छ ।

हिमाल चढ्नका लागि अनुमति लिइरहँदा शेर्पा जातिका व्यक्तिहरूको धम्क्याइ पनि सहनु परेको सुनाउँदै त्यस्ता बाधा-अड्चन सहँदै पनि हिमाल आरोहण गर्न नछाडेको उहाँ सुनाउनुहुन्छ ।

सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न सङ्घ-संस्थाहरूको पनि झन्डा फहराउने गरेको बताउनुहुन्छ । सन् २०१४ मा उहाँले सोलु एफएमको झन्डा फहराउनुभएको थियो भने सन् २०१६ मा पर्यटन मन्त्रालयबाट तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलबाट प्राप्त एमाले पार्टीको झन्डा पनि सगरमाथाको चुचुरोमा फहराउनुभएको थियो ।

यस्तै सन् २०१७ मा चोमोलुङमा एफएम, तामाङ घेदुङ सङ्घ, हातेमालो महिला सङ्घ, जालिम बिहानी समाज, ब्रिटिस गोर्खा आर्मीलगायत सङ्घ-संस्थाको झन्डा सगरमाथाको चुचुरोमा फहराएको उहाँ सुनाउनुहुन्छ।

पार्टीको झन्डा फहराएबापत तत्कालीन एमाले महासचिव ईश्वर पोखरेल ९हालका उपप्रधानमन्त्री०ले ताम्रपत्रले सम्मान गरेको उहाँले सुनाउनुभयो । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट प्रमाणपत्र पनि प्राप्त गर्नुभयो ।

किताबसिंहलाई सम्मानस्वरुप चीनले पनि सन् २०१६ मा प्रमाणपत्र दिएको छ । उहाँले राष्ट्रिय स्तरबाट १८ पटक, मिडियाबाट तीन पटक साथै १० वटा सङ्घ(संस्थाबाट दर्जनभन्दा बढी सम्मान पाइसक्नुभएको छ ।

हिमाल आरोहण गर्न जाँदा धेरै सङ्घ(संस्थाहले आफ्नो झन्डा फहराउनका लागि पठाए पनि झण्डा फहराएर फर्किसकेपछि ती सङ्घसंस्थाले केही वास्ता नगरेको उहाँको गुनासो छ ।

उहाँ भन्नुहुन्छ, ‘झन्डा फहराएर फोटो लिएर आएका हुन्छौँ । तर उनीहरूलाई सम्पर्क गरेर झन्डा लिन आउनुस् भन्दा पनि आउँदैनन् । कति धेरै सङ्घ(संस्थाको झन्डा फहराएको फोटो अझै मेरो कोठामा थन्किएर बसेका छन् ।’

झन्डा फहराउन पठाउँदा खुसी हुने र झन्डा फहराएर फर्किसकेपछि वास्ता नगर्ने प्रवृत्तिले दुःखी भएको उहाँ सुनाउनुुहन्छ । ‘आफ्नो ज्यानको बाजी राखेर झन्डा फहरायो, फोटो ल्याइदियो तर पनि केही छैन । सम्मानको त कुरै छाडौँ, सम्पर्कमा समेत आउँदैनन् ।’

उनी भन्नुहुन्छ, ‘हामीलाई विदेशीले स्पोन्सर गरेको भरमा मात्र हो । यहाँ न संस्थाले सम्मान गर्छ, न नेपाल सरकारले नै । अहिले स्थानीय तहले पनि चासो दिएको छैन ।’

देशको नामका लागि आफूहरू ज्यान बाजी राखेर हिमाल आरोहण गरे पनि देशले भने केही नगरेकामा उनलाई दुःख लागेको छ । ‘देशकै नाम राख्न हामी अग्रसर रहे पनि परिवारका लागि र भैपरी आउने जोखिमका लागि नेपाल सरकारले चासो नदिँदा धेरै दुःख लाग्छ,’ उनी भन्छन्, ‘यदि हिमाल आरोहीलाई केही भइहाल्यो भने परिवारले पाउने भनेको त्यही हामीले गरेको बिमामात्र हो ।’

‘हामीले ठूलो सम्मान खोजेको पनि होइन, उहाँ भन्नुहुन्छ, ‘मात्र हामीलाई प्रोत्साहनका लागि भेटेर स्याबासी अनि एउटा खादा मात्र दिए पनि हामीलाई हौसला मिल्छ ।’

नेपाल माउन्टेन एसोसियसनले प्रदान गरेको एक हप्ताको तालिमसँगै हिमाल आरोहण सुरु गरेर सन् २००७ देखि २०१९ सम्म ४९ वटा हिमालको सफल आरोहण गर्नुभएको छ।

सन् २०२० बाट कोरोना फैलिएसँगै हिमाल आरोहण रोकिनुका साथै पर्यटन व्यवसायीहरूलाई सास्ती भएको उहाँको भनाइ छ । समय मिलेमा सन् २०२१ सेप्टेम्बरमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो के–२ हिमाल आरोहण गर्ने योजना छ उहाँको ।

हिमाल चढ्ने क्रममा विभिन्न बाधा-व्यवधान अनि जोखिम भए पनि आफ्नो पेसा साथै आफ्नो देशको नामका लागि कहिल्यै हार नमान्ने उहाँ बताउनुहुन्छ ।

हिमाल चढ्नका लागि गाउँकै दाइ कुलबहादुर तामाङबाट प्रभावित भएका किताबसिंहले आफ्नो उमेर र स्वास्थ्यले साथ दिएसम्म हिमाल आरोहण गरिरहने प्रण गर्नुभएको छ ।

तस्बिर सौजन्य – किताबसिंह तामाङ

Tags: किताबसिंह तामाङ%e0%a4%95%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%ac%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9-%eहिमाल आरोही%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2-%e0%a4%86%e0%a
Previous Post

‘महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण चुनौती’- उपमेयर राई

Next Post

नेलेमा कटुवालको अध्यक्षतामा २५ सदस्यीय गठन

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

2025-06-29
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

2025-06-26
FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

2023-12-14
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

2022-11-09
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

2022-10-10

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.