काठमाडौँ । हलमा निकै कमजोर व्यापार गरेको चलचित्र ‘सेल्फी किङ्ग’लाई युटुबमा निकै नै सुखद प्रतिक्रिया मिलिरहेको छ ।
चलचित्रको केहि भाग सोलुखुम्बु जिल्लामा छायांकन गरिएको उत्त चलचित्र अहिले टे«ण्डिङ दुइमा परेको छ ।
नायक विपिन कार्कीको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्रमा एक कलाकारको कथामा समर्पित छ ।
चलचित्रमा विपिनको साथमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।
यो चलचित्रको लेखन तथा निर्देशन विशाल सापकोटाले गर्नुभएको हो ।
चलचित्रमा दिनेश राउत र सुभाष थापाको लगानी छ । चलचित्रमा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुभाष भुषालको संगीत छ ।
दर्शकले नायक विपिन कार्कीको अभिनयलाई निकै नै प्रशंसा समेत गरेका छन् । सो चलचित्र माघ २४ गते हलमा प्रदर्शन गरिएको थियो ।