सोलुखुम्बु । सोलखुम्बुको आठ स्थानिय तहमध्ये ६ स्थानिय तहको मतगणना सकिएको छ । जिल्लाको लिखुपिके गाउँपालिका, खुम्बु पासाङ ल्हमु गाउँपालिका, सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका र महाकुलुङ गाउँपालिकाको मतगणना सकिएको हो ।
मतगणना सकिएको ६ स्थानिय तहमध्ये खुम्बुपासाङ ल्हमु गाउँपालिका अध्यक्षमा मिङमाछीरी शेर्पा र उपाध्यक्षमा नेकपा एमालेकै टासी शेर्पा निर्वाचित हुनुभएको छ ।
यस्तै माप्य दुधकोशी गाउँपालिका अध्यक्षमा एमालेका उमेद्धार बुद्धि किरण राई र उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादि केन्द्रका गौरव राई निर्वाचित हुनुभएको छ भने लिखुपिके गाउँपालिका अध्यक्षमा नेपालि कांग्रेसकी मिना कार्की बस्नेत र उपाध्यक्षमा नेपालि कांग्रेसकै ङवाङ लाक्पा शेर्पा निर्वाचित हुनुभएको छ ।
यसैगरि थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा माओवादि केन्द्रका असिम राई र उपाध्यक्षमा माओवादि केन्द्रकै सविता राई निर्वाचित हुनुभएको छ भने सोताङ गाउँपालिका अध्यक्षमा नेपालि कांग्रेसका उमेद्धार खिलराज बस्नेत र नेपालि कांग्रेसकै अन्जु नाछिरीङ निर्वाचित हुनुभएको छ ।
महाकुलुङ गाउँपालिका अध्यक्षमा नेपालि कांग्रेसकै उमेद्धार सूर्य कुलुङ र उपाध्यक्षमा नेपालि कांग्रेसकी विपना कुलुङ निर्वाचित हुनुभएको छ । नेचासल्यान गाउँपालिका उपाध्यक्षमा बिना राई निर्वाचित हुनुभएको छ। जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको अध्यक्षको लागि भने मतमणना जारी रहेको छ ।