dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

Dudhkoshi Online by Dudhkoshi Online
2024-11-22 - Updated on 2024-12-20
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । आज शुक्रवार एक औपचारिक कार्यक्रमका साथ तालिम तथा प्रशिक्षण सुरु गरेको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाबाट ५ जना र सोलुदुधकुण्ड नगरपालिकाबाट ४ जना गरी ९ जना नगर प्रहरीलाई तालिम तथा प्रशिक्षण प्रदान गरिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

तालिममा खुम्बु पासाङल्हामु गाउँपालिकाबाट नगर प्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी ४ जना गरी ५ जना को सहभागिता रहेको छ । यस्तै सोलुदुधकुण्ड नगरपालिकाबाट ४ जना नगर प्रहरीको सहभागिता रहेको जनाइएको छ । जसमा २ जना महिला नगर प्रहरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेको संयोजकत्वमा दक्ष एवं अनुभवी ६ जना नेपाल प्रहरीको टोलीले तालिमको प्रशिक्षण गराउने कार्यक्रम रहेको छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङले स्थानीय तहमा नगर प्रहरीको काम, कर्तव्य निकै महत्त्वपूर्ण हुने भएकाले तालिम प्राप्त नगर प्रहरीको आवश्यकता रहेको बताउनुभयो । वहाँले तालिम प्रभावकारी हुनुपर्ने बताउँदै तालिम सञ्चालनका क्रममा अनुगमन तथा निरीक्षण गरिने उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले तालिम उपलब्धिमूलक रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको समन्वय तथा खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रयासमा प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयबाट स्वीकृत कार्यक्रम अनुसार ४५ दिनको तालिम तय गरिएको प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

नगर प्रहरीको काम कर्तव्य र अधिकारभित्र परेका कार्यहरू सहज रूपमा गर्नका लागि सैद्धान्तिक ज्ञानका साथै अभ्यासको पनि आवश्यक पर्ने भएकाले सोही अनुसारका कुराहरू ४५ दिनको अवधिमा प्रशिक्षण गरिने प्रनाउ घिमिरेको भनाइ छ ।

यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाका कार्यपालिका सदस्य ल्हाक्पा गेल्जेन शेर्पाले नेपालको संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर प्रहरी नियुक्त गरेको बताउनुभयो । फोहोर व्यवस्थापन, बजार अनुगमन, स्थानीय सरकारद्वारा सञ्चालित योजना तथा स्थानीय तहले निर्माण गरेको ऐन कानुनको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाले गत असोज ३० गते नगर प्रहरीलाई नियुक्त गरेको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिनुभयो ।

Previous Post

सोलुखुम्बुको घरेलु आयोजनामा एकै दिन २ वटा तालिम सुरु

Next Post

ठ;गी कार्यमा संलग्न २ भारतीय नागरिक प’क्रा’उ

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.