dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
पुस २९, २०७७
in हिँडदाहिँड्दै
Share on FacebookShare on Twitter

काठमाडौँ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका अर्थात साविकको सल्यान गाविसमा बुबा मनिराम थुलुङ राई र आमा कमला थुलुङ राइको कोखबाट कान्छि छोरीको रुपमा जन्मनुभएकी ममता राई सानै उमेरदेखि नृत्यमा रुचि भएको कारण आज कला क्षेत्रमा स्थापित हुनुभएको छ । डान्स टिचर, कोरीयोग्राफर हुँदै आज उहाँ निर्देशक बनिसक्नुभएको छ । आफनो मेहनत र निरन्तरताको कारण यो स्थानसम्म आईपुग्दा निकै नै संघर्ष गर्नुपरेको बताउनुहुन्छ ।

आज म जहाँ छु, मेरो कलाप्रतिको मोह र धैर्यताको कारण छु । ग्रामिण भेगमा जन्म भयो । स्रोत साधनको कमी । अझ आफुले रुचि गरेको क्षेत्रमा आफुलाई समर्थन गर्ने र पथप्रदर्शक नहुँदाको पीडा । यी सबै दुखलाई आत्मसाथ गर्दै आफनो प्यासनलाई प्राथमिकतामा राखेर निरन्तरता दिएकै कारण आज यो स्थानसम्म आइपुग्दा आफुलाई निकै नै भाग्यमानिको रुपमा लिएकी छु ।

हरेक अभिभावकलाई आफनो सन्तानले राम्रो काम गरेको हेर्ने इच्छा कसको हुँदैन र । जसकारण मेरो बुबाआमाको पनि सोचाइ छोरी सरकारी जागिरे होस भन्ने थियो ।

बच्चा हुँदा टेलिभिजनमा अरु नाचेको देख्दा आफुलाई पनि नाच्ने इच्छा जाग्थ्यो । सानोमा चलचित्र खुब हेरीन्थ्यो, हिरोइन नाचेको देख्दा घरमा लुकी लुकी नाच्ने गर्थेँ । निरुता सिंहको नाच खुब मन पथ्र्यो ।

नर्स बन्ने ठूलो सपना थियो । तर टिभिमा अरु नाचेको देखेर आफुमा पलाएको त्यो रहरलाई करीयर बनाउँछु भन्ने आफुमा आत्मविश्वास चुलिँदै गयो । तर परिवारले समर्थन गर्लान र ? परिवारले समर्थन गरेपनि समाजले के भन्छ ? यस्ता कैयौँ प्रश्नहरु मनमा उब्जीरहन्थे । मनले विभिन्न तर्क विर्तकहरु गरिरहन्थे ।

पीतृसतात्मक देश नेपाल । अझ गाउँको परिवेशमा जन्म भएको कारण ग्ल्यामरको क्षेत्रलाई समाजले बुझने शैलि, हेर्ने दृष्टिकोण र व्यवहारमा धेरै फरक छ । जसकारण पनि अभिभावकले खुलेर समर्थन गर्न केही संकोच भने अवश्य थियो । सन्तानको सुख, खुशी अनि उज्जवल भविष्यको कामना गर्ने अभिभावकलाई चिन्ता बढ्नु स्वभाविक पनि होकि यो क्षेत्रमा लागेर छोरीले कसरी जीविकोपार्जन गर्न सक्छ ? यस्तो क्षेत्रमा कहाँ भविष्य हुन्छ ?

हुन त बुबा आमा दुवै जना शिक्षण पेशामा आबद्ध भएको कारण शिक्षित परीवारमा जन्म भयो । आफुले गर्न चाहेको काममा खासै बाधा अड्चन थिएन । तरपनि छोरीले हामीले भनेको काम गरिदिओस भन्ने चाहाना भने अवश्य थियो ।

कक्षा आठसम्म गाउँकै स्कूलमा अध्ययन गरेपनि कक्षा नौँ देखि काठमाडौँ आएर अध्ययनलाई निरन्तरता दियँ । ०६७ मा एस एलसी पास गरेपछि अर्को साल ०६८ सालदेखि कलेज जान थाले । कलेज जाँदै गर्दा आफनो रुचिको क्षेत्र नृत्यलाई भने चटक्कै माया मार्न सकिन ।

‘खाने मुखलाई जुंगाले छेक्दैन’ भन्ने उखान जस्तै एसएलसी पश्चात नृत्य सिक्न समेत शुरु गरे । काठमाडौँको बसुन्धरा स्थित ‘डान्स एडिसन डान्स सेन्टरमा’ डान्स टिचर रामकुमार राईसँग डान्स क्लास लिन शुरु गरे । डान्स सिक्नका लागि पनि घरबाट न खर्च हुन्थ्यो । तर केही समयपछि पढाइको लागि जति निर्धक्क भएर घरमा पैसा माग्थेँ, नृत्य सिक्नका लागि पैसा माग्न उत्तिकै अप्ठ्यारो महसुस हुन थाल्यो ।

‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै आफनो पकेट खर्चको रुपमा आएको पैसा, दशैँ अनि तिहारमा जम्मा भएको सबै पैसा जम्मा गर्दै नृत्य सिक्नका लागि खर्च गर्न शुरु गरे । अन्य साथिहरु कहाँ कहाँ घुम्न जान्थे, रेष्टुरेण्टमा थरिथरिको खानाको स्वाद र परिकारमा रमाउने गर्थे, डिजाइन डिजाइनका कपडाहरुमा खर्च गर्ने गर्थे तर मैले त्यस्तो नगरि आफनो रुचिको क्षेत्रमा खर्च गरे ।

साना साना कुरामा खुशी हुन सिके । आफनो मेहनत र कमाइमा रमाउन सिके । कल्पनामा भन्दा वास्तविकतामा बाँच्न सिके ।
शुरुमा नेपालि लोक नृत्य सिक्दै भारतीय शास्त्रीय नृत्य कथक नाचमा छ वर्षे सिनियर डिब्लोमा पनि अध्ययन गर्ने अवसर पाए । साथै पद्यम कन्या क्याम्पसबाट नृत्य विषयमा स्नातक तह पूरा गरीसकेकी छु ।

खोटाङ जिल्लाको चिउरीबासमा सडक विस्तारको लागि आयोजना गरिएको कार्यक्रममा नाच्दा पहिलो पटक दुइ हजार पाएकी थिए । थोरै भएपनि आफनो मेहनतको पैसा पाउँदा आनन्द लागेको थियो । पैसा भन्दा पनि आफनो प्रतिभा देखाउन पाउँदा अर्को छुट्टै आनन्द मिलेको थियो ।

नृत्य सिक्ने क्रममा खुट्टाको छाला उप्कीएको थियो । त्यो समयमा पनि नृत्य सिक्न छोडिन । शारीरिक पीडा हुन्छ र पनि कलाप्रतिको मोह त्याग्न सकिन । कामको दौडानमा कहिलेकाँही कहाँ पुग्नुपर्ने हुन्छ, भोकतिर्खा भन्न पाइन्न ।

संघर्षको क्रममा यस क्षेत्रलाई अब बिर्सीएर अन्य कुनै पेशा नै अंगालौ की भन्ने पनि लाग्थ्यो । तर फेरि एउटा मनले यहि क्षेत्र राम्रो छ । यहि क्षेत्रमा केही गर्नुपर्छ भनेर आफैलाई सम्झाउने गर्थेँ । बाहीरको संसारलाई मात्र हेर्ने हो भने त आहा! नै छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ । वास्तविक पीडालाई लुकाएर बाहीरको देखावटि हाँसोलाई नै आज साथि मानेकी छु ।

१६ वर्षको उमेरदेखि नृत्य सिक्दै र सिकाउँदै आज निर्देशक भएर काम गर्ने अवसर मिलेको छ । आठ वर्षको अवधिमा यति धेरै संघर्षको साथ यो स्थानमा आईपुग्दा साँच्चै केही सफलता मिलेको भान हुन्छ । हुन त कति काम पुरा हुँदा सफल हुन्छ, त्यसको लेखाजोखा गर्न सकिदैन तर पनि म आफुले मेहनत र संघर्ष गरेको सम्झदा यहि नै होला सफलता भन्ने महसुुस हुन्छ ।

आफनो रुचिको क्षेत्रमा केहि नाम अनि आफुलाई व्यवस्थापन गर्न सक्ने किसीमको दाम कमाउन सक्ने भएकी छु, अर्थात आफनो खुट्टामा उभिन सकेको कारण केही हदसम्म सफलता मिलेको महसुस गर्न पाएकी छु ।

विभिन्न गितहरुमा कोरीयोग्राफी गर्दै, सयौँ विद्यार्थीहरुलाई नाच्न सिकाउँदै आज निर्देशकको ट्याग पाउँदा खुशी लागेको छ । थुलुङ समुदायको ‘हाम बोमु झाम’ गितबाट निर्देशन शुरु गरेर अहिलेसम्म पाँच वटा गितमा निर्देशकको रुपमा काम गरिसकेकी छु । आफुले गरेको काम दर्शकहरुलाई राम्रो लागेको प्रतिक्रिया र तारीफ पाउँदा अझ आत्मबल थपिन्छ ।

त्यसपछि कामलाई अझ लामो समयसम्म निरन्तरता दिउँ भन्ने लाग्छ । यो क्षेत्रमा दर्शकहरुले दिएको मायाँ र साथ नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो सम्झन्छु । साथै निर्देशन क्षेत्रमा कदम चलाउनुहुने विषेशतः महिला दिदिबहिनीको लागि थोरै मात्रामा भएपनि प्रेरणाको स्रोत बन्ने प्रयास गरेकी छु । थाहा छैन भोलिको समय कस्तो हुन्छ, तर आजको लागि बाँच्ने शाहस गरेकी छु ।

निर्देशनको पाटो अलि चुनौतीपूर्ण छ । आफुले सम्प्रेषण गर्न खोजेको कथालाई दर्शकले कसरी लिनुहुन्छ, दर्शकले त्यो कथाको भावलाई बुझिदिने होकी होइन भन्ने चीन्ता हुन्छ । साथै अन्य विविध प्राविधिक र आर्थिक कुराहरु पनि जोडिएका हुन्छन् ।

हरेक व्यक्तिले सुरक्षित भविष्य र जीवनको आशा गर्ने भएको कारण लामो समयसम्म काम गर्न सकिदैन कि भन्ने पनि धेरैमा छ । तर अहिले राम्रो गरेर पछिसम्मको लागि कमाउन पनि सकिने धेरै सम्भावनाहरु पनि छन् । यस्तै अस्वस्थ प्रतिस्पर्धा र व्यवसायिक रुपमा बजार कम हुँदा धेरै प्रतिभाहरु अझै पनि खुलेर यस क्षेत्रमा आउन सकिरहेका छैनन ।

केही समय अगाडि घर जाँदा, गाउँघरमा के गर्दै छौ ? भन्ने प्रश्नमा नृत्य सिकाउने काम गर्छु भन्दा अनुहार खुम्च्याउँदै प्रतिक्रिया दिने मानिसहरुले आज केही मात्रामा खुलेर कलाकारीता क्षेत्रलाई प्रशंसा गरेको कारण पनि आफुलाई खुशी मिलेको छ । आज धेरै अभिभावकहरुले आफनो छोराछोरीलाई नाच्न सिक्नका लागि पठाउने गर्नुहुन्छ ।

केही समय अगाडि नाच्दा नक्कली हुन्छ भनेर अगाडि बढेको सामाजिक र केही व्यत्तिगत विचारहरु आज नृत्य अर्थात कलाकारीता क्षेत्रलाई सकारात्मक पक्षको रुपमा लिएर अगाडि बढीरहेका छन् ।

अझै पनि हाम्रो नेपालि समाजमा कलाकारीता क्षेत्रलाई फराकिलो दृष्टिकोणले मूल्यांकन गरिएको छैन । जसकारण यस क्षेत्रमा आफनो भविष्य बनाउँछु भनेर आउनेलाई चुनौति नै छ । तरपनि हरेक क्षेत्रमा सफल हुनका लागि आत्मविश्वास भने हुनैपर्छ नभए अन्य क्षेत्रमा पनि चुनौतिहरु उत्तिकै छन् ।

चलचित्र हेरेर नायिकाहरुको नृत्यबाट प्रभावित भएर नृत्य सिक्दै डान्स टिचर, डान्स इन्ट्रक्टर, कोरीयोग्राफि गर्दै निर्देशकसम्म आइपुग्दा केही पीडा, केही रहर अनि इच्छाहरुको त्याग मैले पनि गरेकी छु । त्यसैले आज यो ठाउँसम्म आइपुग्न सफल भएकी छु । म्यानेजमेन्ट विषयमा मास्टर त गर्दैछु तर डान्समा पनि मास्टर गर्ने विचार लिएकी छु । अझ आफनो कलालाई निखार्दै यहि क्षेत्रमा अझै केही योगदान गरौँ भन्ने छ ।

मलाई यस ठाउँसम्म आइपुग्नका लागि मेरो हरेक कदममा साथ दिने मेरो परिवारप्रति आभारी छु । साथै मेरो रुचिको क्षेत्र नृत्यमा साथ दिनुहुने मेरो गुरु रामकुमार राईप्रति सधै सम्मान छ । यो श्रेय उहाँलाई दिन चाहान्छु । यस्तै मलाई अनि मेरो कामलाई मन पराएर अझ कामप्रति जागृत गराउनुहुने सम्पूर्ण दर्शक अनि श्रोताहरुलाई धन्यवाद । सबैको माया अनि आर्शिवाद सदा पाइरहुँ ।

Previous Post

प्रेरणादायि भनाइहरु

Next Post

आज माघे सङ्क्रान्ति, ध्यान साधना, दान गरी मनाइँदै

Related Posts

FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

मंसिर २८, २०८०
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

अशोज २४, २०७९
हिँडदाहिँड्दै

यो उत्तर जोसँग सम्बन्धित छ…

बैशाख २७, २०७९
हिँडदाहिँड्दै

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

बैशाख ९, २०७९
हिँडदाहिँड्दै

हिमालमा श्रीमान् गुमाउने महिलाकाे अठाेट : हामी पनि गर्न सक्छाैँ

फाल्गुन ६, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!